कोशी ब्यारेज नै खतरा परेपछि ५६ वटै ढोका खोलिए
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार १४:१०:४८
सुनसरी । पानीको बहाबले पुललाई नै खतरा भएपछि कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ।आइतबार बिहान ६ बजेको मापन अनुसार पानीको वहाव ३ लाख १६ हजार क्यूसेक पुगेको छ ।
लगातार परेको पानीका कारण सप्तकोशीमा पानीको बहाब बढ्दो छ । पहाडी जिल्लामा पानी आउने क्रम अझै नरोकिएकाले यो बहाब अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।भारतीय पक्षले ५६ वटै ढोका खोलेको यो पहिलो पटक भएको बताइएको छ। पानीको बहाब उच्च भएपछिे शनिबार राति साढे १० बजपछीे सबै ढोका खुल्ला गरेको कोशी ब्यारेज स्थित प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक इश्वरी दाहालले जानकारी दिए।
सप्तकोशीमा पानीको बहाब खतराको चरणमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। सप्तकोशीमा एक लाख ५० हजार क्यूसेक बहाब पुग्दा नै खतरा मानिन्छ। पूर्वी पहाडी जिल्लामा वर्षा निरन्तर जारी रहेकाले कन्ट्रोल रुमले ब्यारेजका सबै ढोका खुला गरेको प्रहरीको भनाइ छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार