थला परेको कांग्रेस, नियमावलीमा केन्द्रित बैठक
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार २१:४७:३१
काठमाडौं । करिव सत्तरी बर्ष लामो ईतिहास बोकेको पार्टी हो नेपालि कांग्रेस । नेपाली कांग्रेस यतीबेला थला थला परेको छ । निर्वाचनको पराजय सस्था र भातृ संगठनको बेहालको कारण थला परेको कांग्रेस यति बेला भने जुर्मुराउन थाले झै गरेको पाइएको छ । बैठक भेला समारोह जागरण कार्यक्रम गर्दै कार्यकर्तामाझ गइरहेको कांग्रेस यतिबेला केन्द्रिय कार्य समिती बैठक गरिरहेको छ ।
जारी केन्द्रीय कार्य समिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भइरहेको जनाएको छ। पार्टीको आसन्न महाधिवेशनलगायतका विषयमा पनि छलफल भइरहेको समाचार विभिन्न समाचार माध्याममा आएपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै केन्द्रित रहेको प्रष्टयाएका हुन्। उनले सो एजेन्डा पारित भएपछि मात्रै अन्य १३ वटा एजेन्डामा छलफल सुरु हुने पनि स्पष्ट पारे। पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतबार पनि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले भातृ संगठनहरूलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रावधान आएको भन्दै आपत्ति जनाएका छन्।
प्रवक्ता शर्माले बैठकमा केन्द्रीय सदस्यहरू बद्री पाण्डे, शिव हुँमागाई, वीरबहादुर बलायरलगायतका नेताहरूले नियमावलीका विषयमा केन्द्रित भएर आफ्नो धारणा राखेको बताए। गत असार २२ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नवीकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समीक्षा, केन्द्रीय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने कांग्रेसले जनाएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार