मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

९ भदौ, काठमाडौं। हिन्दू महिलाले तीज व्रत समापन गरेसँगै महोत्तरी सहितका मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ । भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यो पर्व व्रतालुले आज दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्नेछन् । खासगरी घरमूली महिला चौरचन व्रत बस्ने मैथिल परम्परा छ । हिन्दू परम्परामा भाद्र शुक्लपक्षको चन्द्रमा दोषपूर्ण मानिने हुनाले मिष्ठान्न परिकार र फलपूmल डालीमा राखेर चन्द्रमा देखाएपछि दोष मेटिने मैथिल हिन्दू बताउँछन् । थप पढ्नुहोस्

नेपालको एउटा गाऊँ जहाँ साउन महिनामा आगो बालिँदैन

८ भदौ, काठमाडौं । साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ । त्यस गाउँका कसैले पनि साउन महिनामा आगो बाल्दैनन् । आगो बाल्न नपाउने भएपछि भएका चौरी तथा जोक्पेसमेत लिएर सोही गाउँपालिकाको नाम्चे, खुम्जुङलगायतका विभिन्न वस्तीमा पुगेका स्थानीय फर्किएसँगै चहलपहल र धुवाँ देखिन थालेको हो । थप पढ्नुहोस्

हरितालिका तीजको अवसरमा सार्वजनिक विदा, राष्ट्रपति र उपराष्ट्रपतिले दिए छुट्टाछुट्टै शुभकामना सन्देश

८ भदौ, काठमाडौं । विशेषतः हिन्दू नारीहरुले आज महान चाड हरितालिका तीज मनाउँदैछन् । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने चलन रहेता पनि केहि वर्ष यता यसमा आधुनिकताको नाउँमा महिना दिन अघि देखि नै दर खाने र खुवाउने चलन वस्तै आएको छ । हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लागेको छ । तीजका लागि सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । थप पढ्नुहोस्

पशुपतिनाथ र कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड

३० साउन, काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ । बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको कोषका निर्देशक एवं पशुपति मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिए । पशुपति मन्दिरमा ३९० र वासुकी मन्दिरमा ११० जनाले विशेष पूजाका लागि रसिद काटेको उनले जानकारी दिए । थप पढ्नुहोस्

आज चन्द्रग्रहण, २ बजेर ७ मिनेटदेखि भोजन नगर्न अुनरोध

२३ साउन, काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन आज राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ । थप पढ्नुहोस्

एक कम्पनी जहाँ हाकिम मात्र होइन, मजदुर पनि करोडपति

८ साउन, ऐजेन्सी। भारतको गुजरातमा रहेको एक कम्पनीमा काम गर्ने हाकिम मात्र नभएर सामान्य मजदुर कर्मचारीपनि करोडपति बनेका छन् । गुजरातको अहमदावादमा रहेको रविराज फोइल्स लिमिटेड कम्पनीमा सबै कर्मचारीको खातामा करोड रुपैयाँभन्दा बढी रकम छ । रविराज फोइल्स लिमिटेडले कारखाना स्थापना गर्नको लागि जमिनको अधिग्रहण गरेको थियो । कम्पनीका अनुसार जसको जग्गा अधिग्रहण भएको थियो ती व्यक्तिलाई कारखानमा रोजगारी दिइएको थियो । जमिन अधिग्रहणको मुआब्जाबाट गाउँमा बस्नेले करोडौ रकम पाएका थिए । कम्पनीमा रोजगारीपनि । थप पढ्नुहोस्

विद्यालयस्तरदेखि नै योगाभ्यास जरुरी : प्रधानमन्त्री

७ असार, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिएका छन् । विश्व योग दिवसका अवसरमा आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताए । उनले भने, “योग यस्तो प्राचीन विधि हो, जसले मानिसलाई कुलतबाट मुक्ति दिन्छ, आनन्द दिन्छ । बालबालिकाले सुरु गरे भने उनीहरुको शिक्षालाई पनि सहयोग पुग्छ । थप पढ्नुहोस्
1 2