स्याङ्जा प्रशासन र राजनीतिक दलका नेताहरुको जनतामारा निर्णय, सीडीओकाे चर्काे आलोचना !
नेपालबहस संवाददाता
असोज २९, २०७७ शुक्रबार ३:३१:५५
२९ असोज, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सरकारको आदेशविपरित पीसीआर रिर्पोट अनिवार्य देखाउन ‘हास्याँस्पद’ सकूर्लर जारी गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अर्को आदेश नभएसम्मका लागि भन्दै कम्तीमा ७२ घण्टाभित्रको पीसीआर रिर्पोट अनिवार्य देखाएर मात्रै जिल्ला प्रवेश गर्न दिने निर्णय गरेको छ ।
साथै स्याङ्जा प्रशासनले सरकारले सबै किसिमका गतिविधि खुला गरेका बेला निषेधाज्ञा शैलीमा कडाई गरेको छ । नजिकिदै गरेको दशैँलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा शैलीमा विभिन्न गतिविधिमा रोक लगाएको हो ।
महिनौं लामो लकडाउन र निषेधाज्ञाले मानिसहरु बेरोजगार भएर गाउँ फर्किने बाध्यतामा छन् । त्यसमाथि घर फर्किने खर्च जुटाएर आएका उनीहरु पीसीआर टेस्ट कसरी गर्छन् ? हरेक मेडिकल पिच्छे मूल्य फरक फरक भएका बेला जनताको ढाड सेक्ने प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतको निर्णय उनैका लागि आत्मघाती सावित हुने सम्भावना छ ।
सरुवा भएर जिल्ला आएको एकहप्ता नपुग्दै जनतालाई कोरोनाका नाममा सास्ती दिने सीडीओ बस्नेतको निर्णयले यतिबेला स्याङ्जामा तरंग पैदा गरेको छ । सर्वोच्च अदालतले निजी अस्पताललाई समेत निःशूल्क गर्न भनिरहेका बेला पीसीआर टेस्ट रिर्पोट माग्न बाध्य पार्नु जनताका लागि सास्तीपूर्ण निर्णय हो ।
जसको आलोचना मात्रै होइन, संघीय सरकारकै आदेशको समेत अवज्ञा भएको छ भने पीसीआरका नाममा जनतालाई सास्ती दिने र आफू हाईसञ्चोमा बस्ने प्रवृत्ति पनि मौलाएको छ ।
स्वास्थ्य मन्त्रालयले दुई हप्ताअघि नै लक्षण देखिएमा मात्रै कोरोना परीक्षण गर्न भनेको छ । पीसीआर परीक्षण गरेर रिर्पोट पोजेटिभ आएपनि घरमै आइसोलेसनमा बस्न भनेको छ भने स्वास्थ्य अवस्था जटिल भएमा मात्रै अस्पताल जान सुझाईएको छ ।
यस्तो अवस्थामा सीडीओले पीसीआर रिर्पोट नभएसम्म जिल्लामै प्रवेश नदिनु भन्ने आदेश कति उपयुक्त हुन सक्छ ? जसको चर्काे आलोचना पनि भइरहेको छ । मन्त्रिपरिषद बैठकको निर्णयका आधारमा कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्ने सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।
तर दशैंको मुखमा जनतालाई सास्ती दिने र दशैँ मान्ने खर्च नभएका बेला पीसीआर रिर्पोट खोज्ने प्रमुख जिल्ला अधिकारीको निर्णय भने खेदजनक छ । फेसबुकमा पूर्व जिविस उपसभापति एवं संघीय सरकारका भूमिसुधार मन्त्री पद्मा अर्याका पति समेत रहेका लक्ष्मीप्रसाद पौडेलले लेखेका छन, ‘सतर्कता अपनाउने प्रयास ठिकै छ । तर पीसीआर टेस्ट नगरी नगरी जिल्ला प्रवेश गर्न नपाइने भन्ने राम्रो हुन्न । घर जाने घरमै बस्ने, टीका घरमै लगाउँ अन्यत्र नजाने गरौं । घरमा पनि सतर्कता अपनाऔं। दशैँको मुखमा पीसीआर रिर्पोट भन्दै आतंकित नपारौ ।’
अर्जुन पौडेलले फेसबुकमै लेखेका छन, ‘कुन भतुवा पसेछ फेरी स्याङ्गजामा । कहीँ नभएको जात्रा हाडीगाउँमा भनेको जस्तो छ । स्वास्थ्य मन्त्रालयले लक्षण नभए पीसीआर नगर्नु भनेको छ । सीडीओले फेरि पीसीआर रिर्पोट माग्छन् । आफ्नै सरकारको आदेश समेत थाहा नपाउने कस्ता सीडीओ हुन् ?’
शंकर पौडेलले फेसबुकमै लेखेका छन, पीसीआर नगरी आएकालाई जिल्लामा प्रवेश नदिनु जायज देखिँदैन । तर सबै राजनीतिक दलले सहमति दिनुको अर्थ चाँही बुझिएन । यो निर्णय फेर्न व्यापक जनदबाब दिन आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले यदि यो निर्णय नफेरेमा स्याङ्जामा थप विरोध चर्किदै जाने अनुमान गरिएकाे छ ।
सर्वसाधारण जनताका विरुद्ध पार्टीको विज्ञप्ती
स्याङ्जा प्रशासनले जनतालाई सास्ती दिने काम गरिरहँदा स्थानीय राजनीतिक दलले पनि त्यसलाई सघाउने काम गरिररहेका छन् । जनताको पक्षमा निर्णय गर्न दवाव दिनुपर्ने राजनीतिक दल भने यतिबेला सर्वसाधारण जनतालाई सास्ती दिने प्रशासनकाे पक्षमा उभिएका छन् ।
यसले अर्को त्रास फैलाएको छ । दशैँमा घर जानेसँग पर्याप्त पैसा हुदैन, त्यसमाथि रिर्पोट तत्कालै आउदैन, आएपनि बस्ने आइसोलेसन र क्वारेन्टाइन छैन । यस्तो बेला प्रशासनको जनतामारा आदेशलाई शिरोधार्य गरेर जनतलााई सास्ती दिने कि जनताको राहतका लागि निर्णय फेर्ने ?
यस्तो संकटको बेला झन् जनतामाथि आर्थिक भार बोकाउने प्रशासनको ज्यादतीपूर्ण निर्णयलाई समर्थन गरेर राजनीतिक दलका नेताहरुले ताली ठोक्नु कति मुर्खतापूर्ण निर्णय हो ?
नेपाली कांग्रेस र नेकपाले प्रशासनको सहमतिमै विज्ञप्ती निकालेर जनताप्रति धोकेबाज शैली देखाएका छन् । ६ महिना लकडाउन र दुई महिना निषेधाज्ञा गरेर पनि नियन्त्रण नभएपछि संघीय सरकारले सबै गतिविधि खुला गरेका बेला स्याङ्जामा छोटे राजाको शैलीमा जनतालाई सास्ती दिने प्रमुख जिल्ला अधिकारीको निर्णय वाइयात छ । जुन फिर्ता नभए उनको आलोचना मात्रै होइन, एकै महिनामा सरुवा हुनसक्ने जोखिम समेत हुनसक्ने बताइएकाे छ ।
यस्तै आधिखोला गाउँपालिकाले समेत जिल्ला प्रशासनको निर्णयलाई सही थाप्दै जिल्ला प्रवेशमा कडाई गर्न भनेको छ । जुन अर्को हास्याँस्पद पक्ष हो । कोरोनाको हौवा फैलाउनुभन्दा व्यक्तिलाई सुरक्षित पार्नुको साटो झन आतंक फैलाउने निर्णय गर्नु स्थानीय सरकार पनि कोरोनाप्रति सजग हुने र जनतलाई सहज रुपमा कोरोनाबाट सुरक्षित गर्नुको साटो निरंकुश शैली देखाउनु आपत्तिजनक विषय हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार