लुम्बिनीका तीन जिल्लामा व्यापक तस्करी शुरु, डामेर छाडेका साँढेजस्ता यी घुमुवा
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार २०:०:३
२२ साउन, बुटबल । स्थानीय चुनाव सकिएको चार महिना नबित्दै देशमा संघीय र प्रदेशसभाको चुनावी माहोल सिर्जना भएको छ । चुनावमा नेपाल प्रहरीको प्रमुख काम शान्तिसुरक्षा कायम गर्दै निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हो । तर लुम्बिनी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरीहरुको ध्यान भने सीमा नाकाबाट तस्करी र अवैध धन्दा चलाएर उठ्तीपुठ्तीमा व्यस्त रहेको देखिएको छ ।
समाचार अनुसार यतिबेला लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुबाट व्यापक मात्रामा तस्करी धन्दा मौलाएको छ । यो तस्करी धन्दामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्व र जिल्ला तहको नेतृत्व मात्र होइन बीओपी र सीमा प्रहरी कार्यालयका प्रमुखहरुकै संलग्नता देखिएको छ । अझ जिल्ला र प्रदेश प्रहरी प्रमुखले त घुमुवा परिचालन गरी तस्करबाट हप्तावारी र महिनावारी समेत असुल्दै आएका छन् ।
“जो रक्षक उही भक्षक” भने झैं लुम्बिनी प्रदेशका प्रहरीहरुले तस्करी धन्दालाई लाइन दिएवापत मासिक रुपमा लाखौं रुपैयाँ असुल्दै आएका छन् । यसबाट सरकारलाई प्राप्त हुने करोडौंको राजश्व असुलीमा समेत असर पुगेको भन्सार विभाग स्रोतले जनाएको छ । समाचार स्रोतका अनुसार अहिले पश्चिम नवलपरासीको भुजहवा नाकाबाट भारतीय अखाद्य माछाको तस्करी व्यापक मात्रामा भईरहेको छ । कन्हैया केवट नामका तस्करले सो नाकाबाट दैनिक ३/४ पिकअप माछा बिना क्वारेन्टाइन नेपाल भित्र्याउने गरेका छन् ।
रुपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुबाट तस्करहरुले सटिङ सुटिङका कपडा, हाडैवेयर, मोटरपार्टस, कुर्ता एवं सारी र रक्सीको कारोवार भैरहेको छ । नुनदेखि सुनसम्म ओर्साने तस्करहरुले यसवापत नेपाल प्रहरी रसशस्त्र प्रहरीलाई मासिक लाखौं रुपैयाँ दिने गरेको बताइन्छ । अझ माछा तस्करले त भारतीय माछालाई नेपालकै पोखरीमा उत्पादन भएको नक्कली भ्याट बिल बनाएर काठमाडौं पोखरासम्मका बजारमा पठाइरहेको छ । स्मरणीय के छ भने भारतीय माछा नेपाल भित्र्याउन प्रतिबन्द लगाइएको छ । भन्सार तिरेर पनि सो माछा नेपाल भित्र्याउन पाइदैन् । आम जनताको जनस्वास्थ्यमाथि गम्भीर खेलबाड हुँदा समेत सरकार रमिते बनेको छ भने नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरी र नेपाल प्रहरी तस्करको चास्नीमा डुबेर मस्ती गरिरहेका छन् ।
यस्तै पश्चिम नवलपरासीबाट भारतीय चिनी नेपाल भित्र्याएर पल्टी गरि देशभर पठााइएको छ । चाडवाडको बेला भएकाले पनि चिनीको खपत यो बेला निकै हुने गर्दछ । त्यसैगरी कपिलवस्तुको कृष्णनगर,चाकर चौराहा, मर्यादाापुर र रंगपुर सीमा नाकाबाट व्यापक मात्रामा तस्करी मौलाएको समाचार छ ।
घुमुवाको राज, हेडक्वार्टर नीति रद्धीको टोकरीमा
नेपाल प्रहरी र सशस्त्र प्रहरीका नयाँ आईजीपी धीरजप्रताप सिंह र राजु अर्यालले बहाली गरेपछि कहीकतै पनि घुमुवा नराख्ने र काजमा नखटाउने भन्दै देशभरका मुजकर कार्यालयमा परिपत्र गरेका थिए । तर हेडक्वार्टरको सो परिपत्र रद्धीको टोकरीमा मिल्काउँदै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रमुखहरुले काजमा तानेरै भएपनि घुमुवा खटाउने र तस्करीलाई मलजल गर्ने कार्य जारी राखेका छन् । यसको गतिलो उदाहरण कपिलवस्तु र पश्चिम नवलपरासीका केही तथ्य हेरे पुग्छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तमा बिगत १५ बर्षदेखि एकछत्र घुमुवाको रुपमा प्रहरी सहायक निरीक्षक (असई) श्यामसिंह चौधरीको रजगज चलिरहेको छ । कपिलवस्तु कै स्थानीय बासिन्दासमेत रहेका असई चौधरीको दरबन्दी भने रुपन्देहीको खैरेनी इप्रकामा रहेको छ भने जवान कुर्मीको दरबन्दी पश्चिम नवलपरासी रहेको छ । उनको कमाण्डमा प्रहरी हबल्दार दीपेन्द्र यादव र प्रहरी जवान नरेश कुर्मीसहितको ५ जनाको टोली घुमुवाको रुपमा परिचालित छन् ।
जिल्लामा जो नयाँ प्रहरी प्रमुख भएर आएपनि उनकै खोजी हुने गरेको छ । किनकी तस्करबाट कुस्त रकम उठाउन र हाकिमलाई बुझाउने सार्मथ्य उनीबाहेक अरुसँग बिरलै रहने गरेको एक प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा नेपालबहसलाई बताए । त्यसैले उनी डामेका साँढे जस्तो गरी कपिलवस्तुमा बस्ने गरेको उनले बताए । जिल्लादेखि हेडक्वार्टरसम्म मिलाएर उनी निर्धक्क बिगत १५ बर्षदेखि बसिरहेका छन् । मिडियामा समाचार आएपछि २/४ महिना बाहिर जाने अनि पुन कपिलवस्तु नै फर्कने गरेका उनकी श्रीमति समेत सोही जिल्लामा प्रहरी हबल्ल्दारका रुपमा कार्यरत रहेकी छन् । जबकी हेडक्वार्टरको नियममा गृहजिल्ला बस्न नपाइने भनिएको छ ।
यस्तै कपिलवस्तुको मुख्य तस्करी हुने नाका कृष्णनगर ईलाका प्रहरी कार्यालयमा बिगत १० बर्षदेखि असई मुकेश यादव कार्यरत छन् । उनको दरबन्दी पनि नवलपरासी रहेको छ । सधैं हाकिमको नजिक रहेर सिभिलमा काम गर्ने यादवको उठतीपुठती निकै रहेका बताइन्छ ।
अझ सबैभन्दा डामेर छाडेको साँढेको उपमा पाएका प्रहरी सहायक निरीक्षक (असई) हुन् सन्तोष रायमाझी ।
बिगत लामो समयदेखि प्रदेश प्रहरी कार्यालयको घुमुवाको रुपमा परिचित रायमाझीले रुपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु हेर्ने गरी डीआईजीको खास मान्छेका रुपमा खटिएका छन् । संघीय प्रदेश प्रहरी कार्यालय लुम्बिनी दरबन्दी भएपनि हालै उनले परासी काज गराएर डीआईजीको घुमुवाको रुपमा खटिएका छन् । ६/७ महिना अघि विवादमा परी हेडक्वार्टर तानिएका उनी पुन लुम्बिनी प्रदेश फर्किएर तस्करको लाइन मिलाउनै व्यस्त रहने गरेको बताइन्छ । ब्रेजा गाडी चढेर ठाँटसँग हिडेने उनको चर्तिकला हेर्न लायकको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार