ग्लोबल आइएमई बैंकको भिसा कार्डबाट अनलाइन सपिङ्ग गर्दा सेवा शुल्क मिनाहा
इन्द्र रिजाल
साउन २०, २०७६ मंगलबार ०:१७:५५
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको भिसा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनैपनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।
बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनैपनि शुल्क नलाग्ने बैंकले जनाएको हो । यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिसा क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ्ग तथा सपिङ्ग गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिईएको बैैंकले जनाएको छ । साथै बैंकले एक महिनाभित्र भिसा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न गइरहेको जनाएको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १३८ शाखा, १४८ एटीएम, ३० एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर र १७६ शाखारहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार