ग्लोबल आइएमई बैंकको सय कित्ता बराबर हाथवेलाई ४२ कित्ता
इन्द्र रिजाल
साउन २०, २०७६ मंगलबार १:१४:५७
काठमाडौं । हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आईएमई बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।
गत मंगलबार आयोजित विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । त्यस्तै साधारण सभाले प्राप्ति प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन (DDA) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गरेको छ । प्रतिवेदन अनुसार हाथवे फाइनान्स कम्पनीको १०० कित्ता शेयरलाई ग्लोबल आईएमई बैंकको ४२ कित्ता शेयर प्रदान गर्ने गरी शेयर स्वाप अनुपात स्वीकृत भएको छ ।
विशेष साधारण सभामा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमईले बैंकको शाखा सञ्जाल र पूँजीगत आधार समेत सुदृढ गरी प्रतिस्पर्धी क्षमताको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्नको लागि प्राप्तिमा गएको बताए ।
नेपाल सरकारले ल्याएको ठूला बैंकहरुलाई मर्जर गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउने नीतिलाई सफल पार्नु बैंकको कर्तव्य रहेको बताउँदैं उनले बैंक मर्जरमा जाँदा बैंकका शेयरधनी तथा आमग्राहकको हितलाई केन्द्रमा राखिएको दावी गरे ।
हाथवे फाइनान्सको प्राप्ति पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४१, कूल निक्षेप रु. १२५ अर्ब भन्दा बढी, कूल कर्जा रु. ११४ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या करिब ११ लाख पुग्नेछ ।
यस अघि ग्लोबल आईएमई बैंकले जनता बैंक नेपालसँग मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बिगमर्जर प्रकृया अगाडि बढाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार