उत्तरबाहिनीमा राष्ट्रिय सर्प कार्यशाला सम्पन्न,पाँच बुँदे घोषणापत्र जारी
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार १६:३०:२२
स्याङ्जा । गल्याङ् नगरपालिकाको महालिङ्गधाम मालुङ्गा र पाल्पाको रम्भादेवी गाँउपालिकाको असेर्दीको संगमस्थल उत्तरबाहिनी क्षेत्र धार्मिक र ऐतिहासिक रुपमा परिचित क्षेत्र हो । कालिगण्डकी उत्तरतर्फ बगेको विश्वकै दुर्लभ पौराणिक महत्व बोकेको यस क्षेत्रमा दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्दछ ।
यहि उत्तरबाहिनी कालिगण्डकीको तट मालुङ्गामा पाँच बुँदे घोषणापत्र तयार गर्दैै राष्ट्रिय सर्प कार्यशाला सकिएको छ । पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, वन तथा कृषि विश्वविद्यालय चितवन रामपुर र कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कार्यशाला भएको सम्पन्न भएको हो । नागपञ्चमीको अवसर पारेर शनिबारदेखि शुरु भएको कार्यशाला सोमबार सकिएको छ । तीन दिनसम्म चलेको कार्यशालाले नागपञ्चमीको दिनलाई अन्तर्राष्ट्रिय सर्प दिवस मनाउनका लागि नेपाल सरकारमार्फत सम्बन्धित निकायमा पठाउने, ‘सर्पबाट बचौं, सर्पलाई बचाऊँ’ भन्ने मूल नारालाई साकार बनाउने, राष्ट्रिय सम्मेलन २०७७ को नागपञ्चमीको दिन चितवनमा सञ्चालन गर्ने, कार्यशाला गोष्ठीबाट निस्केका निष्कर्षलाई हुबहु सम्बन्धित निकायमा पठाउने घोषणापत्र तयार पारिएको छ ।
घोषणापत्र अनुरुप प्रतिवेदन तयार पार्नका लागि चैतन्य कृष्ण ज्युको संयोजकत्वमा डा. प्रमोद ढकाल, प्रा. डा. तुलसी खनाल, देवप्रसाद पाण्डे, डा. मोतीप्रसाद ढकाल सदस्य रहेको पाँच सदस्यीय प्रतिवेदन तयारी समिति चयन गरेको समितिका सचिव टिकाराम बस्याल (विवेक)ले जानकारी दिएका छन् ।
समितिले एक महीनाभित्र प्रतिवेदन तयार पार्ने बताइएको छ भने गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्रालयका तालीम शाखा प्रमुख सहसचिव वासुदेव काफ्लेले सर्पलाई चिन्न सके यसको महत्व र मित्रताको सन्दर्भमा जानकारी हुने बताए ।
कार्यक्रममा राष्ट्रियस्तरमा नागपञ्चमीको परिचय गराउने, उत्तरबाहिनी क्षेत्रको धार्मीक महत्वको प्रचार प्रसार, सर्पलाई बचाउने, सर्प शत्रु होइन मित्र हो भन्ने जानकारी सबैमा फैलाउन आवश्यक रहेको कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए ।
नेपालमा ८९ प्रकारका सर्प भएकामा चार प्रकारका मात्रै विषालु रहेको निष्कर्षसहित सबै सर्पका विषयमा यमप्रसाद भण्डारी, डा. देवप्रसाद पाण्डेले सर्पको मुख र यसको विषको विषयमा प्रयोगात्मक ज्ञान, सीप समेत सिकाएका थिए ।
सर्पले मुसा, किरा फट्याङ्ग्रा खाएर खेतीपाती जोगाउन मद्दत गर्ने, सर्पका विषलाई प्रशोधन गरेर औषधिको रूपमा प्रयोग गर्न सकिने, धार्मिक दृष्टिले पनि यसको महत्व रहेको पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार