निर्वाचन क्षेत्रको बजेट स्थानीय तहलाई नदिने
नेपालबहस संवाददाता
साउन २२, २०७६ बिहिबार १:६:४२
पोखरा । गण्डकी प्रदेश सरकारले यसै आर्थिक वर्षदेखि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट छुट्याएपछि समानुपातिक सांसदले आवाज उठाए, ‘हामीलाई अन्याय नहोस् ।’ प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा २ करोडका दरले ३६ निर्वाचन क्षेत्रमा ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
अघिल्लो वर्ष सञ्चालित कार्यक्रम प्रभावकारी नभएको निश्कर्ष निकाल्दै प्रदेश सरकारले यस वर्ष नयाँ ढंगले कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सांसदहरुसँग छलफलसमेत गरेको छ । कार्यालयले कार्यविधि बनाउन भन्दै मुख्य ७ वटा बुँदामा केन्द्रित रहेर छलफल चलाएको हो । छलफलमा प्रदेश सरकारले स्थानीय तहसँग काम गर्दा गत वर्ष धोका भएको भन्दै यो वर्ष आफैं कार्यान्वयन गर्ने बताएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो आर्थिक वर्षमा मिलेर काम गरौंभन्दा स्थानीय तहबाट धोका खाएको बताए ।
‘गएको वर्षको अनुभवमा स्थानीय तहले मिलेर काम गर्नै चाहेनन् । २० प्रतिशतले मात्रै काम गरे होलान्,’ मुख्यमन्त्री गुरुङले भने, नत्र १ करोडको ठाउँमा ७० करोड दिए पनि हामी छुट्टै सरकार हौं भनेर काम गरेनन् । पोखरा महानगरले नै ६ वटा योजना कार्यान्वयन नै गरिदिएन ।’
समानुपातिक पद्धतिबाट निर्वाचित सांसदले कार्यक्रम कार्यान्वयन गर्दा आफ्नो भूमिकालाई कमजोर नठान्न आग्रह गरेका छन् भने प्रत्यक्ष निर्वाचित सांसदले योजना छनोटको मुख्य नेतृत्व आफूहरुले पाउनुपर्ने बताएका छन् । कांग्रेस सांसद डोबाटे विकले निर्वाचन क्षेत्रमामात्रै बजेट विनियोजन गरिएकोमा असन्तुष्टि पोखे । सबै सांसदलाई १र१ करोड रुपैयाँका दरले पूर्वाधार कार्यक्रमको बजेट छुट्याउनुपर्ने उनले बताए ।
यस विषयमा मुख्यमन्त्री कार्यालयले प्रत्यक्ष निर्वाचित र समानुपातिक पद्धतिका सांसदसँग छुट्टाछुट्टै छलफल गरेको थियो । छलफलपछि समितिको नेतृत्व प्रत्यक्ष निर्वाचित सांसदलाई दिने र सदस्यमा समानुपातिक सांसदलाई पनि सहभागी गराउने गरी सहमति जुटेका मुख्यमन्त्री गुरुङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार