नेकपाद्धारा धमाधम कारवाही, पार्टी छोड्नेहरुलाई बोक्रे र अवसरवादीको संज्ञा
इन्द्र रिजाल
साउन २४, २०७६ शुक्रबार २२:१२:५६
पोखरा । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अन्नपुर्ण गाउँपालिकाका ईन्चार्ज सन्तोष ‘परियार’ परिर्वतनलाई कारवाही गरेको छ । नेकपाका कास्की जिल्ला ईन्चार्ज रुपेशले आज एक विज्ञप्ति जारी गदै पार्टी र क्रान्तिको नाममा अधिक फाइदा उठाउन खोज्ने, पार्टी र क्रान्तिलाई बदनाम गर्दै दलाल सत्ताका सामु घुँडा टेक्ने पार्टीका जिल्ला कमिटि सदस्य एवं अन्नपूर्ण गाउँपालिका ईञ्चार्ज सन्तोष परियार “परिवर्तन”लाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गरिएको जनाएका हुन् । ।
पछिल्लो समय सरकारले धमाधम पक्राउ र इन्काउन्टर गर्न थालेपछि विप्लव नेकपाका कार्यकर्ताहरुमा पार्टी छोड्ने र अन्य पार्टीमा प्रवेश गर्ने लहर नै चल्न थालेको छ । त्यस्तो प्रवृत्तिलाई नेकपाले एकीकृत जनक्रान्तिको राप र ताप बढिरहेको अवस्थामा हाम्रो पार्टीभित्र क्रान्तिकारीका नाममा घुसेका अस्थायी क्रान्तिकारी वा अवसरवादी, क्रान्तिकारी र जनताका आँखामा देखावटी, बोक्रे क्रान्तिकारीहरु आफ्नो स्वार्थ पूरा हुने अवस्था नदेखेपछि पार्टी र क्रान्तिलाई लान्छना लगाउँदै बाहिरिन थालेको रुपमा परिभाषित गरेको छ ।
उसले भनेको छ- “सर्वहारा वर्गको पक्षमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ नेपालमा नेत्र विक्रम चन्द “विप्लव” को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत जनक्रान्तिको बाटोमा निरन्तर अघि बढिरहेको यहाँहरुलाई अवगत नै छ । क्रान्ति सम्पन्न भएर वैज्ञानिक समाजवादी व्यवस्था हुने बेलासम्म यस क्रान्तिमा समाहित हुने र बर्हिगमित हुने क्रम जारी रहन्छ ।”
वर्तमान परिस्थितिमा नेपालमा चलिरहेको एकीकृत जनक्रान्तिमा दुईथरी प्रवृत्तिका मान्छे देखिने गरेका छन् । पहिलोथरीमा क्रान्तिकारी आन्दोलन, पार्टी र क्रान्तिमा सहभागी भएपछि त्यसको उद्देश्य, लक्ष्य, विचार र आदर्शका लागि जस्तोसुकै खतरा, जोखिम र कठिनाई पनि मोल्न तयार हुने, हिरासत र जेल बस्न तयार हुने साथै सङ्घर्ष गर्दागर्दै आफ्नो जीवन नै दिनु परे पनि नहिच्किचाउने र बलिदान गर्ने पर्दछन् भने दोस्रो थरी मान्छेहरु क्रान्तिकारीहरूमा परिवर्तन र क्रान्तिको चाहना त राख्ने, क्रान्तिमा सहभागी पनि बन्न आउने, कुरासम्ममा चर्कै पनि गर्ने, फाइदा सोहोर्न पाए सोहोर्ने, तर क्रान्तिले माग गर्ने दुःख, कष्ट, त्याग र बलिदान गर्न तयार नहुने, प्रतिक्रियावादीहरूको दबाबमा परेर बीचबाटै पुरानो समाजतिर फर्किने, जनताका वैरीसँग आत्मसमर्पण गर्ने, झुक्ने, जीवनको रक्षाका लागि लुटेराहरूसँग याचना गर्ने, प्राणको भिख माग्ने, क्रान्ति छोडेर क्रान्तिकारी योद्धाहरूलाई धोका दिने, आफ्नै सहयोद्धा र नेताहरूको सुराकीसम्म गर्न पछि नपर्ने गद्दारहरूको कोटीमा पर्ने दावी गरेको छ ।
कास्की ईन्चार्ज रुपेशका अनुसार त्यस्तै पुलिसको हातमा पर्दासाथ, हिरासतमा धम्कीकै भरमा वा केही यातना पाएपछि आतङ्कित हुँदै, केही विभिन्न लोभलालचमा फसेर वा केही आफ्नो विचारमा टिक्न नसकेर गल्ने, कागज गर्ने, सरकारी मान्छेहरूलाई अनुनयविनय गर्ने, आत्मसमर्पण गर्ने, कुरा खोल्ने, कमरेडहरू बसेको ठाउँ देखाउँदै हिँड्ने, नेतालाई गिरफ्तार गराउनेसम्ममा पुगेका छन् ।
यस्ता मान्छेले जतिसुकै धाक र गफ लगाए पनि वा पार्टीलाई छलछाम गर्न खोजे पनि यिनीहरू क्रान्तिकारी र जनताका आँखामा देखावटी, बोक्रे, अस्थायी, अवसरवादी एवम् धोकेबाज मान्छेहरू हुन् । यिनलाई क्रान्तिकारीका नाममा घुसेका अस्थायी क्रान्तिकारी वा अवसरवादी भन्न सकिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार