कर्मचारीको नाम लिएर प्रधानमन्त्री ओलीलाई नेपालको प्रश्न, राष्ट्रघाती को हो ?
नेपालबहस संवाददाता
साउन ३०, २०७६ बिहिबार २०:१:२६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई लक्षित गर्दै सोही पार्टीका अर्का प्रभावशाली नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले घुमाउरो शैलीमा राष्ट्रघातीको आरोप लगाएका छन् । उनले मुलुकको स्थायी सरकारका रुपमा रहने निजामती कर्मचारी नै राष्ट्रघाती भएको बताएका छन् । कर्मचारीतन्त्र चलाउने सरकार र मुलुककाे कार्यकारी प्रधानमन्त्रीमाथि नेता नेपालकाे याे आरोप घुमाउराे वाण बन्न पुगेकाे छ ।
कर्मचारी नै राष्ट्रघाती भए देशको भविष्य के होला ? सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका नेपालले हिजो बुधबार यस्तै गम्भिर आरोप लगाएपछि नेकपा भित्र खैलाबैला मच्चिएको छ । नेता नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारी बिकाउ भएको संगिन आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा नेता नेपालले परराष्ट्रका कर्मचारीले पुराना सन्धि, सम्झौता लगायत महत्वपूर्ण दस्ताबेज लुकाएको बताए ।
हाल नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई समर्थन प्राप्त सरकार मुलुकमा क्रियाशील छ । नेता नेपाल सम्वद्ध पार्टीका अध्यक्ष खड्गप्रसाद ओली देशका प्रधानमन्त्री छन् । यस्तै नेकपाकै पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री छन् । नेता नेपालले तिर परराष्ट्र मन्त्रालयका कर्मचारीप्रति सोझ्याए पनि निशाना चाहिं ओलीप्रति रहेको स्पष्ट छ । नेता नेपालले यस्तो गम्भिर आरोप लगाइरहँदा समिति वैठकमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी समेत उपस्थित थिए । तर सचिव बैरागीले यसको प्रतिकार गर्न सकेनन् । नेता नेपालले यस्तो गम्भिर आरोप लगाउँदा समेत कुनै प्रतिक्रिया नदिनु चाहिं आफैंमा रहष्यको विषय हो ।
यसको मतलव हाम्रो परराष्ट्रका कर्मचारी बिकाउ भएको पुष्टी भएको छ । नेता नेपालले भनेका छन् :– “परराष्ट्रका कर्मचारीलाई हप्तावारी, महिनावारी र वार्षिकी रुपमा नजराना आउने गर्छ । त्यस वापत् उनीहरुले नेपालका पुराना दस्ताबेज लुकाउने वा अरुलाई बुझाउने गर्छन् ।” यस्तो गम्भिर आरोप लाग्दा परराष्ट्रका कर्मचारीका तर्फबाट कुनै खण्डन आएको छैन ।
नेपालका नेताहरु विदेशीको इशारामा चल्ने भन्दै समाजमा उनीहरुप्रति वितृष्णा रहेको बेला नेकपाका वरिष्ठ नेता नेपालले परराष्ट्रका कर्मचारीलाई नै दोषी करार गरेका छन् । परराष्ट्र मन्त्रालयका कर्मचारी राष्ट्रघाती भए देश कस्को नियन्त्रणमा छ त ? यसको जवाफ प्रधानमन्त्री ओलीले नै दिनुपर्ने हुन्छ ।
“सबै कर्मचारीमाथि निगरानी गर्नुपर्छ ।” समितिको वैठकमा नेता नेपालले भनेका छन् । नेता नेपालको भनाईलाई लिएर परराष्ट्र मन्त्रालय अन्तर्गत क्रियाशील कर्मचारी युनियन असन्तुष्ट छन् । तर सिनियर कर्मचारीले कुनै टिप्पणी नगरेकाले उनीहरुले पनि धारणा सार्वजनिक गरेका छैनन् ।
सस्तो लोकप्रियता र नक्कली राष्ट्रवादीको पगरी गुथ्न नेता नेपाललाई पनि हतार भएको देखिन्छ । सन् १८१६ मा इष्ट इण्डिया कम्पनीसँग भएको सुगौली सन्धि र सन् १९५० मा भारतसँगको शान्ति तथा मैत्री सन्धिको सक्कलप्रति परराष्ट्रका कर्मचारीले गायब पारेको संगिन आरोप उनले लगाएका छन् ।
परराष्ट्रका एक कर्मचारीले भने :– “हामी यो विषयमा गम्भिर भएका छौं । पूर्व प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री समेत रहिसकेका नेताले यस्तो हल्का र आधारहिन टिप्पणी गर्नु आपत्तिजनक छ ।” उनले भने । यसबारे सचिवसँग छलफल गरेर नयाँ कदम चाल्ने पनि उनले जानकारी दिए । परराष्ट्र मन्त्रालयका सचिव बैरागीसँग यो विषयमा नेपाल वहसडटकमले कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
परराष्ट्र मन्त्रालयका सबै कर्मचारीलाई आक्षेप लगाउने गरी नेकपा नेता नेपालले धारणा राख्नु आफैंमा अमर्यादित भएको टिप्पणी एकजना परराष्ट्र विद्वले गरे । “यो त नेता नेपालको अपरिपक्वता र केटाकेटीपन हो, उनी सम्वद्ध पार्टी नेतृत्वको सरकार छ, खोजबिन गर्ने दायित्व उनकै हो । कर्मचारीले हप्ता, महिना र वार्षिक रुपमा अरु देशबाट रकम बुझ्ने गरेको जस्तो आरोप लगाउनुका पछाडिको कारण खोज्नु पर्छ । ” उनले भने । नेता नेपाल पनि सस्तो लोकप्रियताका लागि जथाभावी बोल्ने नेतामा परेका छन् । आफ्नो नाम नखुलाउन अनुरोध गर्दै उनले अगाडि थपे “अब माधव नेपालको आरोपको खण्डन केपी ओलीले गर्नुपर्ने अवस्था आयो ।”
“पटक–पटक सत्तामा बसेका नेता नेपाल प्रधानमन्त्री र परराष्ट्र मन्त्रालय चलाई सकेका मानिस हुन् । कुनै कैफियत भए समयमै कारबाही गरिसक्नु पथ्र्याे, तर भावनामा बगेर बोल्ने काम गर्नुभएन ।” उनको टिप्पणी छ । सस्तो लोकप्रियता र नक्कली राष्ट्रवादीको पगरी गुथ्न नेता नेपाललाई पनि हतार भएको देखिन्छ । सन् १८१६ मा इष्ट इण्डिया कम्पनीसँग भएको सुगौली सन्धि र सन् १९५० मा भारतसँगको शान्ति तथा मैत्री सन्धिको सक्कलप्रति परराष्ट्रका कर्मचारीले गायब पारेको संगिन आरोप उनले लगाएका छन् ।
यदि यो आरोप सही हो भने परराष्ट्रका दोषी कर्मचारीमाथि तत्काल कारबाही गर्नु पर्छ, नत्र हावादारी आरोप लगाउने नेतालाई नांगेझार पार्नु आवश्यक छ । यसबारे परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा के हो ? भनेर प्रधानमन्त्री के पी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि स्पष्ट पार्नु पर्छ ।
र याे पनि… प्रधानमन्त्री केपी शर्मा ओली संकटकाल घोषणाको तयारीमा ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार