कसैको दवावमा नपरी काम गर्न प्रहरी कर्मचारीलाई आईजीपी खनालको निर्देशन
इन्द्र रिजाल
भदौ ३, २०७६ मंगलबार २२:३०:४७
३ भदौ,कास्की । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक खनालले सोही कार्यालय परिसरमा निर्माण हुन लागेको ब्यारेक भवनको समेत शिलान्यास गरे ।
प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र वितरण गर्दै सुन्दर भवन समयमै निर्माण सम्पन्न भएको उल्लेख गर्दै भवन निर्माणमा लागत घट्नु राम्रो पक्ष रहेको भएतापनि त्यसको गुणस्तरमा समेत ध्यान दिनुपर्ने बताएका छन् । नयाँ भवन निर्माणसँगै नागरिक समक्ष थप उत्कृष्ट सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए ।
नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिकालाई थप रचनात्मक एवं प्रभावकारी बनाउन सामुदायिक प्रहरी सेवा केन्द्रको विकल्पको रुपमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम विकसित गरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त अवधारणामा समेटिएका सचेतनामुलक कार्यक्रमहरु सफल पार्न सबै पक्षको सहयोग र सहभागिता आवश्यक पर्ने बताए ।प्रत्येक प्रहरीले भावनामा शुद्धता राखी छिटो, छरितो र उत्कृष्ट कार्य सम्पादनतर्फ लक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई कसैको दबाबमा नपरी काम गर्न समेत निर्देशन दिएका छन् ।
प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने प्रहरी निरीक्षक चतुर्भुज बोहोराले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, आन्तरिक मामिला तथा कानुन सचिव मनोहर प्रसाद खनाल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय पुन: निर्माण प्राधिकरण कोषको सहयोगमा निर्माण सम्पन्न भएको साढे दुई तल्ले कार्यालय भवनको कूल लागत २ करोड ७८ लाख ७० हजार २ सय ९५ रुपैयाँ ७३ पैसा रहेको छ ।
कार्यक्रममा पोखरास्थित विभिन्न संघसंस्था, नागरिक समाज, पूर्व प्रहरी, नेपाल प्रहरी श्रीमती संघ, विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार