रवि लामिछानेको पक्षमा कांग्रेस नेता केसीको टुवीट, अनुसन्धान प्रक्रिया र राज्यसंयन्त्रमाथि नेता केसीको पनि आशंका
नेपालबहस संवाददाता
भदौ ९, २०७६ सोमबार २०:५७:४७
९ भदाै,काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने,युवराज कंडेल र नर्स अस्मिता कार्कीको बयान आज सकिएको छ । अहिले दुवै पक्षका करिब ३३ जना वकिलहरुले आआफ्नो पक्षको बचाउ गर्दै जिल्ला अदालत चितवनमा थुनछेक बहसमा भाग लिईरहेका छन् ।
रवि लामिछानेको गिरफ्तारी पह्श्चात चितवन र देशैभरि नारा जुलुस र बिरोधका कार्यक्रम भईरहेका छन् । रविलाई तत्काल रिहा गर्नुपर्ने लगायतका माग राख्दै आज पनि चितवनमा बिशाल प्रर्दशन भईरहेको छ । जिल्ला प्रसाशनले निषेधाज्ञा लगाएता पनि जनस्तरबाट प्रहरी प्रशासन र सरकार बिरुद्ध नाराबाजी भईरहेको छ । सरकार र अदालतले रविलाई फसाउने आशंका गदै जनता सडकमा ओर्लिएका छन् ।
यसै मेसोमा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले हिजो साँझ टुवीट् गदै सरकारी रवैयाको बिरोध गरेका छन् । सरकार र प्रहरी प्रशासनको अनुसन्धान प्रक्रिया र शैलीप्रति आक्रोश व्यक्त गर्दै नेता केसीले भनेका छन्- “सिद्धान्ततः अनुसन्धान र न्यायिक प्रक्रियामा भीडले प्रभावित पार्नु हुँदैन । तर जहाँ प्रारम्भ नै दुराशय र नियोजित छ,अनुसन्धानकर्ता,राज्यसंयन्त्र माथि नै चरम अविश्वास र शंका छ, त्यहाँ हजारौं जनता स्वस्फूर्त सडकमा आउछन । रविप्रकरण यहि हो । अब न्याय संरक्षणको विश्वास केवल न्यायपालिकामा रहेको छ ।”
जिल्ला अदालतले सम्भवत आज प्रारम्भिक फैसला गर्ने तयारी गदैगर्दाको पूर्वसन्ध्यामा कांग्रेस नेता केसीको आशंकापूर्ण भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेता केसीकाे टुवीट्लाई एक हजारभन्दा बढीले कमेन्ट र रिटुवीट् गरेका छन् । सत्तारुढ पार्टीका अधिकांश नेता तथा कार्यकर्ता रविको बिरुद्धमा देखिएको बेला कांग्रेस नेता केसीको रविको पक्षमा सार्वजनिक टिप्पणी आउनुले जनताको आशंकालाई बल पुगेको छ र आन्दोलनलाई नैतिक सर्मथनको रुपमा हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार