गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शुक्रबार १३:११:१८
१३ भदौ, काठमाडौं । भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।
बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिए । विगत वर्षभन्दा यसपटक गोकर्णेश्वरमा व्यवस्थित रुपमा मन्दिरमा दर्शन एवं परिसरमा श्राद्ध गर्ने व्यवस्था मिलाउन सकिएको उनले बताए ।
पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा देशका विभिन्न भागबाट आएका भक्तजनको बिहीबारदेखि भीड लागेको मन्दिरका पुजारी भट्टले बताए। कति भक्तजन बिहीबार बेलुकी नै मन्दिर परिसरमै आई बसेका थिए ।
यस वर्ष गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा प्यागोडाशैलीको तीन तले मन्दिरमा झिँगटीको छाना निकाली पित्तलमा सुन लेपन गर्ने काम पनि शुरु भएको छ । दोस्रो तलाको छानामा सुन लेपन गरिएको पित्तल हाल्ने काम सम्पन्न भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।
दिवङ्गत भइसकेका पिताले भाद्र कृष्ण औँशीका दिन सन्तानबाट जल एवं सिदादानको आशा गरी बसेका हुन्छन् भन्ने शास्त्रीय वचनअनुसार आजको दिन श्राद्ध गर्ने परम्परा शुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन् । यस अवसरमा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ ।
यसकारण भक्तजन र यात्रु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य छन् । जोरपाटी चोकबाट गोकर्णेश्वर महादेव मन्दिर भएको सडक किनारमा बिहीबारदेखि अस्थायी पसल सञ्चालन सहित मेला लागेको छ ।
बिहीबारदेखि नै भक्तजनको भीड लागेपछि जोरपाटीबाट माथितिरको यातायात सञ्चालन भएको छैन । सडकको दूरावस्थाका कारण भने यात्रुले मन्दिर जान पनि सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । गत वर्षभन्दा यहाँको सडक बिग्रिएको पाइएको भक्तजन रामचन्द बस्यालले बताए ।
यसैगरी वाग्मतीको किनारमा रहेको पशुपतिनाथ मन्दिर, शङ्खमूल, टेकुलगायत स्थलमा पनि दिवङ्गत पिताका नाममा श्रद्धा भक्तिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गोकर्णेश्वर महादेव मन्दिरमा पिताप्रति सम्मानका साथ श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औँशी पनि भनिन्छ ।
यसैगरी उपत्यका बाहिर बेत्रावतीस्थित उत्तरगया, देवघाट, त्रिवेणी, रिडी इन्द्रावती किनारस्थित स्फटकिश्वर महादेव मन्दिर क्षेत्र लगायत स्थानमा पनि भक्तजनको भीड लागेको छ ।
बाबु जीवित हुने छोरा छोरीले भने आज मीठामीठा कुरा खान एवं राम्रा कपडा लगाउन दिएर मुख हेर्छन् । ‘पितृदेवो भव’ अर्थात् बाबुलाई देवता समान मान भन्ने वैदिक मान्यताअनुसार पितृ सम्मान गरी आजको पर्व मनाइन्छ ।
यसैगरी आज वर्षभर देव एवं पितृकार्यमा प्रयोग गरिने कुश घर घरमा भित्र्याइन्छ । ब्राह्मण पुरोहितले कुश छेदन गरी जजमानको घर घरमा पु¥याउने परम्परा छ । यसैले आजको दिनलाई कुशे औँशी पनि भनिन्छ । यस अवसरमा आज गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदासमेत दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ
बैशाख ३१, २०८१ सोमबार