स्याङ्जा कांग्रेस विभाजनको संघारमा,धार परिर्वतनमा चर्को खिचातानी
नेपालबहस संवाददाता
भदौ १४, २०७६ शनिबार २२:४६:४८
प्रकाश डोटेल
१४ भदौ, स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जा विभाजनको संघारमा पुगेको छ । जिल्लाको वालिङमा पार्टीका महामन्त्री डा. शंशाक कोईराला र चापाकोटमा पार्टीका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ एकैदिन दुई फरक फरक कार्यक्रममा सहभागी भएपछि पार्टी विभाजनको संघारमा पुगेको हो ।
नेपाल महिला संघ स्याङ्जाद्धारा प्रकाशित ‘शक्ति’ नामक पुस्तक विमोचन गर्न महामन्त्री डा. कोईराला वालिङ पुगेका थिए भने पार्टीका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ कांग्रेस क्षेत्रिय समितिको आयोजनामा तीज विशेष कार्यक्रममा चापाकोट पुगेका हुन् । पार्टीका नेताहरु जिल्लामा एकैदिन फरक फरक दुई कार्यक्रम पुगेपछि कार्यकर्तामा अन्यौलता छाएको छ ।
फरक फरक स्थानमा भएका कार्यक्रममा आफू निकटका कार्यकर्ता लैजाने दुवै धारका नेताले जोडबल गरेका थिए । वालिङमा आएका कार्यकर्तालाई चापाकोट र चापाकोट हिडेका कार्यकर्तालाई वालिङ लैजान नेताहरुबीच होडबाजी चलेको स्रोतले जनायो । स्रोतका अनुसार केन्द्रिय नेताको चाप्लुसी गर्न जिल्लास्थित नेताले तल्लो स्तरको चुत्थ्यो गतिविधि अपनाए ।
“पार्टीका नेता एकैदिन जिल्लामा भएको फरक फरक कार्यक्रममा सहभागी भएपछि कार्यकर्ता निराश छन् ।” कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रिय सभापति तुलसीराम रेग्मीले भने, “जिल्लाका कार्यवाहक पार्टी सभापतिले आवश्यक समन्वय नगर्दा समस्या सृजना भयो ।” सुझबुझका साथ आवश्यक निर्णय लिन नसक्ने हो भने कांग्रेस स्याङ्जा विभाजन हुनुको विकल्प नरहेको उनको बुझाई छ ।
महिला संघको कार्यक्रममा गए महामन्त्री डा. कोईरालाको पक्ष हुने र चापाकोटको कार्यक्रम गए श्रेष्ठ पक्षिय बनिने डरले केही कार्यकर्ता दुवै कार्यक्रममा सहभागी भएनन् । महामन्त्री डा. कोईराला सहभागी भएको कार्यक्रममा संस्थापनइतर र केन्द्रिय सदस्य श्रेष्ठको सहभागिता भएको कार्यक्रममा संस्थापन पक्षका कार्यकर्ताले बाक्लो सहभागिता जनाएका छन् ।
“पार्टीमा सक्रियतापूर्वक काम गर्दा यस्ता गतिविधिले निराश बनाउँदो रहेछ ।” नेपाल बिधार्थी संघ स्याङ्जाका पूर्व सभापति तथा महाधिवेशन प्रतिनिधि मुन्ना शेखले भने, “पार्टीका नेता जिल्ला आउँदा कार्यकर्तामा उर्जा आउनु पर्नेमा निराशा छाएको छ ।” पार्टीका शिर्ष नेता जिल्ला जाने समयमा केन्द्रिय समितिले समन्वय गरेको भए यस्तो समस्या उत्पन्न नहुने उनको जिकिर छ ।
फरक फरक स्थानमा भएका कार्यक्रममा आफू निकटका कार्यकर्ता लैजाने दुवै धारका नेताले जोडबल गरेका थिए । वालिङमा आएका कार्यकर्तालाई चापाकोट र चापाकोट हिडेका कार्यकर्तालाई वालिङ लैजान नेताहरुबीच होडबाजी चलेको स्रोतले जनायो । स्रोतका अनुसार केन्द्रिय नेताको चाप्लुसी गर्न जिल्लास्थित नेताले तल्लो स्तरको चुत्थ्यो गतिविधि अपनाए ।
जिल्ला अधिवेशन नगरि तत्कालिन पार्टी सचिव कुमार रानालाई कार्यवाहक सभापति बनाएपछि पार्टी औपचारिक रुपमा विवादमा फसेको हो । महामन्त्री पक्ष जिल्ला अधिवेशन गर्ने र श्रेष्ठ पक्ष कार्यवाहक मार्फतै पार्टी संचालन गर्ने रणनीतिमा लागेपछि पार्टी विभाजनको संघारमा पुगेको स्थानीय नेताहरुको भनाई छ ।
तत्कालिन समयमा कांग्रेस विभाजन हुँदा कांग्रेसमा लागेका नेता र कांग्रेस (प्रजातान्त्रिक) खेमामा लागेका कतिपय नेताले समयसँगै धार परिवर्तन गरेका छन् । तत्कालिन समयमा कांग्रेसको मुलधारमा रहेका जिल्लास्थित केही नेता प्रजातान्त्रिक खेमामा पुगेका छन् भने कतिपय नेता प्रजातान्त्रिक धार छाडेर कांग्रेसको मुलधारमा पुगेका छन् । धार परिवर्तन गर्ने लहरसँगै स्याङ्जा कांग्रेसमा चर्को खिचातानी चलेको छ ।
पार्टीका तत्कालिन सभापति कमलप्रसाद पंगेनीको २०७५ साउनमा निधन भएको एक वर्ष बितिसक्दा समेत जिल्ला अधिवेशन नगरि तत्कालिन पार्टी सचिव कुमार रानालाई कार्यवाहक सभापति बनाएपछि पार्टी औपचारिक रुपमा विवादमा फसेको हो । महामन्त्री पक्ष जिल्ला अधिवेशन गर्ने र श्रेष्ठ पक्ष कार्यवाहक मार्फतै पार्टी संचालन गर्ने रणनीतिमा लागेपछि पार्टी विभाजनको संघारमा पुगेको स्थानीय नेताहरुको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार