हिन्दूत्वको मुद्दा – कांग्रेसको सञ्जीवनी
नेपालबहस संवाददाता
भदौ १६, २०७६ सोमबार २२:२४:०
१६ भदौ,काठमाडौं । गत आम निर्वाचनपछि खुम्चिएर बस्न बाध्य नेपाली कांग्रेस आगामी दिन फेरि सत्तामा फर्केला त ? धेरैको चासोको विषय बनेको छ यो प्रश्न । हुन पनि नेतृत्वमा देखिएको चरम गुटबन्दी र एकांकीले कांग्रेस फेरि सत्तामा आउला र भन्ने प्रश्न उठ्नु अस्वभाविक छैन ।
देशको सबैभन्दा पुरानो र लोकतन्त्रका लागि पटक पटक लडेको पार्टी भएकाले जनमानसमा कांग्रेस प्रतिको विश्वास र सद्भाव कायमै छ । नेतृत्वको अदूरदर्शिता र सत्ताप्रतिको चरम लिप्साले जनतामा नैराश्य भने घटेको पक्का हो– राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन् । जनताको भावना पक्रन सक्यो भने नेपाली कांग्रेस अबको निर्वाचनमा नै सत्तामा फर्कन सक्ने आचार्यको ठहर छ । गत निर्वाचनमा जनताले ठूलो विश्वास गरेर सत्तामा पठाएको कम्युनिष्ट सरकार बेकम्मा र हावादारी भएकाले विकल्पका रुपमा नेपाली कांग्रेस नै हो भन्ने उनको तर्क छ ।
निर्धारित समय तालिका अनुसार हुने हो भने ०७७ सालको फागुनमा कांग्रेसको चौधौं महाधिवेशन हुने छ । तर नेतृत्व पंक्तिमा देखिएको चरम गुटबन्दी र बेमेलले निर्धारित समयमा महाधिवेशन हुनेमा आशंका छ । पार्टी सभापति शेरबहादुर देउवाको बढ्दो अलोकप्रियता र वरिष्ठ नेता रामचन्द्र पौडेलको छुसी व्यवहारले आम कार्यकर्तामा निराशा छ ।
यस्तै धारणा छ वरिष्ठ पत्रकार हरिहर बिरहीको पनि । उनी भन्छन् – कांग्रेसका नेताको कार्यशैलीमा परिवर्तन भयो भने जनताको भरोसा यही पार्टीमा छ । तर जनताले चाहेको मुद्धा भने कांग्रेसले बोक्न सक्नु पर्छ – बिरही भन्छन् । वास्तवमा कांग्रेस भनेको दुबो हो , जस्तोसुकै खडेरीमा पनि बाँच्ने । पानी पाएपछि फेरि हरियो हुने दुबोकै गुण कांग्रेसमा छ – पत्रकार बिरहीको बुझाई छ ।
गत निर्वाचनमा पार्टी पराजय भएको छ । अजंंगको कांग्रेस अहिले मरिच जस्तै चाउरिएको छ । त्यसको कारण भनेको पार्टी नेतृत्वको अदूरदर्शिता र गुटबन्दी नै हो । त्यसैले कांग्रेस सच्चिनका लागि ठूलै हलचल आउनु पर्छ । पहिलो शर्त भनेको पार्टी नेतृत्वमा परिवर्तन हुनैपर्छ । आजको एक्काइसौं शताब्दीको सोच र अवधारणा बोक्न सक्नेले मात्र अबको कांग्रेसको नेतृत्व गर्न सक्छ । त्यस्तो नेतृत्व आउन सहज त छैन । तर अब विकल्प पनि छैन । ढिलो चाँडो आउनै पर्छ – राजनीतिक विश्लेषक आचार्य भन्छन् ।
त्यसका लागि राम्रो अवसर भनेको आगामी चौधौं महाधिवेशन नै हो । निर्धारित समय तालिका अनुसार हुने हो भने ०७७ सालको फागुनमा कांग्रेसको चौधौं महाधिवेशन हुने छ । तर नेतृत्व पंक्तिमा देखिएको चरम गुटबन्दी र बेमेलले निर्धारित समयमा महाधिवेशन हुनेमा आशंका छ । पार्टी सभापति शेरबहादुर देउवाको बढ्दो अलोकप्रियता र वरिष्ठ नेता रामचन्द्र पौडेलको छुसी व्यवहारले आम कार्यकर्तामा निराशा छ ।
दुबै नेता कार्यकर्ता तहमा लोकप्रिय छैनन् । यो यथार्थकोे राम्रो भेउ पाएका छन् दुबै नेताले । त्यसैले सकेसम्म एक वर्ष महाधिवेशन लम्ब्याएर सुरक्षित वातावरण तयार गर्ने दाउमा छन् उनीहरु । यस्तो दवाव देउवामा बढी छ । अहिले नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति वैठकमा नेता प्रदीप गिरिले भनेजस्तै देउवा र पौडेल बाँचुञ्जेल भागबण्डामै पार्टी चल्ने हो । अरुले मौका पाउने कुरा तत्काललाई संभव छैन । तर पार्टी पंक्तिमा दुबै नेताप्रति विश्वास र भरोसा भने छैन ।
त्यसका लागि हिन्दू धर्मको मुद्धालाई कांग्रेसले मूल अजेण्डा बनाउन सक्नुपर्छ । ८४ प्रतिशत नेपाली हिन्दू धर्मप्रति आस्थावान छन् । त्यस्तै बौद्ध र अन्य ओमकार परिवार भित्रको हिसाब गर्ने हो भने झण्डै ९० प्रतिशत सनातनी छन् । तर यो देश धर्म निरपेक्षताको नाममा बन्धक बनेको छ ।
पटक पटक मौका पाएका यी दुबै नेताले विगतमा गरेको दुखको ब्याज खाइसकेका छन् । अब भने केही हुनेवाला छैन यी दुबै नेताबाट । २१ औं शताव्दीको कांग्रेस हाँक्ने नेता देउवा वा पौडेल हुन सक्दैनन् भन्ने धेरै कार्यकर्ता छन् । तर विकल्पका रुपमा आउने हस्ती पनि भरपर्दाे कोही देखिएको छैन । पार्टी भित्रको नेतृत्व मात्र होइन , आजको मुद्धा पनि बुझ्न सक्ने ल्याकत भएको मानिसले कांग्रेस हाँक्नु पर्ने अवस्था छ ।
पूर्व एमाले र माओवादीबीच भएको एकताले वामपन्थी हौसिएका छन् । तर जनजीविकाका सवालमा अहिलेको ओली सरकार निकम्मा सावित भएको छ । सरकार सबैतिरबाट आलोचित छ । यस्तो बेला कांग्रेसले आफूलाई नयाँ सिराबाट उभ्याउन सक्नु पर्ने हुन्छ । अहिले कांग्रेसले धेरै गर्न नसके पनि आम जनताको भावनाको कदर गरे मात्रै पुग्छ ।
त्यसका लागि हिन्दू धर्मको मुद्धालाई कांग्रेसले मूल अजेण्डा बनाउन सक्नुपर्छ । ८४ प्रतिशत नेपाली हिन्दू धर्मप्रति आस्थावान छन् । त्यस्तै बौद्ध र अन्य ओमकार परिवार भित्रको हिसाब गर्ने हो भने झण्डै ९० प्रतिशत सनातनी छन् । तर यो देश धर्म निरपेक्षताको नाममा बन्धक बनेको छ ।
प्रधानमन्त्री जस्तो व्यक्ति इशाई धर्म प्रचारकका रुपमा क्रियाशील हुँदा ९० प्रतिशत जनताको भावनामा चोट पुगेको छ।,त्यसैले त्यो जमातको भावनालाई ग्रहण गर्न कांग्रेस तयार हुनुपर्छ । नेपाली कांग्रेसको झण्डामा अंकित चार तारा मध्ये एउटाको अर्थ धार्मिक स्वतन्त्रता पनि हो । ९० प्रतिशतको भावना नै धार्मिक स्वतन्त्रताको परिचायक हो ।
प्रधानमन्त्री खड्गप्रसाद ओली नेपालमा इशाईकरण गर्ने अभियानका नाइके बनेका छन् । गत वर्ष उनी इशाई धर्म प्रचार गर्ने संस्थाको आयोजनामा सम्पन्न कार्यक्रमको मुख्य भूमिकामा थिए । होलीवाइन प्रकरणका नामले नेपाली राजनीतिमा कहलिएको सो काण्डका बेला ओलीको तीन दिनसम्म त सोल्टी होटलमै रासबास थियो ।
प्रधानमन्त्री जस्तो व्यक्ति इशाई धर्म प्रचारकका रुपमा क्रियाशील हुँदा ९० प्रतिशत जनताको भावनामा चोट पुगेको छ।,त्यसैले त्यो जमातको भावनालाई ग्रहण गर्न कांग्रेस तयार हुनुपर्छ । नेपाली कांग्रेसको झण्डामा अंकित चार तारा मध्ये एउटाको अर्थ धार्मिक स्वतन्त्रता पनि हो । ९० प्रतिशतको भावना नै धार्मिक स्वतन्त्रताको परिचायक हो । पार्टी महामन्त्री डा. शशांक कोइरालाले बेला बेला हिन्दू धर्मको मुद्धा उठाएपनि संस्थागत रुपमा बहस भने हुन सकेको छैन ।
चालू कार्यसमिति वैठकमा भने यो मुद्धाले चर्चा पाएको छ । डा. शेखर कोइराला लगायत केही नेताले हिन्दू धर्मका सन्दर्भमा कुरा उठाएका छन् । यो विषयले कांग्रेसलाई फाइदा नै पुग्ला , तर विचार पु¥याएर मात्र निर्णयमा पुग्दा राम्रो हुनेछ – केन्द्रीय सदस्य बद्री पाण्डेले भने । कांग्रेसले उठाउने मुद्धा बडो गम्भिर र वस्तुगत हुनुपर्छ – पाण्डे भन्छन् सबै धर्मलाई उत्तिकै महत्व दिने गरी हिन्दूत्वको मुद्धा उठाउने नीति तय गर्दा राम्रो हुनेछ ।
गत पुसमा सम्पन्न कांग्रेसको महासमिति वैठकले धर्म निरपेक्षता शव्द हटाउनुपर्ने भन्दै आधाभन्दा बढी सदस्यले हस्ताक्षर गरेका थिए । हिन्दूत्वको मुद्धा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउने गरेको छ । तर राजतन्त्रसमेत जोडिने गरेकाले राप्रपाप्रति जनताको विश्वास कमजोर छ । साथै, भर्खरै नेपालगञ्जबाट ट्रकमा राखी सुर्खेतको कटकुवा पठाइएको २७ गाई भीरबाट खसालेर मारिएको भन्ने घटना सार्वजनिक भएपछि जनमानसमा आक्रोश थपिएको छ ।
गौहत्या गर्ने आरोप लागेकाहरु नेपालगञ्ज उपमहानगरपालिकाले काममा लगाएकाहरु परेका छन् । सो नगरपालिकाका मेयर धवलशम्शेर राणा कमल थापा निकट राप्रपा सम्बद्ध छन् । हिन्दू मतदातालाई आकर्षित गर्ने क्षमता नेपाली कांग्रेसमा जत्ति अरु पार्टीमा छैन । त्यसैले पनि अब कांग्रेसले हिन्दूत्वको मुद्धालाई प्राथमिकतामा राख्नुपर्ने राय धेरैको छ ।
कुनै बेला खुमबहादुर खड्काले एक्लै यो मुद्धा उठाउने गर्थे । खड्काको अवशानपछि हिन्दूत्वको मुद्धा कमजोर बन्यो कांग्रेसभित्र । तर अहिले भने फेरि यो मुद्धाले स्थान पाएको छ । कांग्रेसका लागि यो मुद्धा सञ्जीवनी बुटी नै हुन सक्ने ठम्याई धेरैको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
बार र बेञ्चको विवादः कात्तिक १ गते कसरी समाधान निस्कन्छ ?
असोज २४, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
रविको दोस्रो जेल यात्रा, सहकारीले बजायो घण्टी
कात्तिक २, २०८१ शुक्रबार
भुटानसँग बराबरीमा रोकियो नेपाल
कात्तिक २, २०८१ शुक्रबार
बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ, आजै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
छविलाल जोशीविरुद्ध अदालतले दियो २० दिनको म्याद
कात्तिक २, २०८१ शुक्रबार