राजाले ड्याउ गर्दा नेताहरु किन तर्सिन्छन् ? राजा र कांग्रेस मिल्नुको विकल्प छैन
नेपालबहस संवाददाता
भदौ २१, २०७६ शनिबार १८:१९:१३
हामी तमाम नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभचिन्तकहरुलाई कांग्रेसले बाटो बिराएकोमा चिन्ता छ । हिजो हामीले जुन बिचार, सिद्धान्त र नीति लिएर अगाडि बढेका थियौं, त्यो नीति र कार्यक्रम खै ? अहिलेको गणतन्त्र कि छाडातन्त्रको बारेमा थाहै नपाई अर्काको राजनैतिक एजेण्डा बोकेर कसरी हामी हाम्रो लक्ष्य प्राप्तिको अभियानमा लाग्न सक्छौं ।
तमाम कार्यकर्ताको भावना र चाहनाको कुनै मुल्यांकन नै नगरी रातारात अर्काको एजेण्डामा सती जाँदाको परिणाम हो यो । हामी हाम्रो सिद्धान्त र विश्वेश्रवप्रसाद कोईरालाको विचारलाई तिलाञ्जली दिन सक्दैनौं । बरु स्वतन्त्र नागरिक भएर बस्छौं तर परजीवी भएर बस्दैनौं । बीपीले देखाएको बाटोबाट मात्रै हामी समाजवादको बाटोमा अग्रसर बन्न सक्छौं । राजासहितको प्रजातन्त्र र जनताको खुशी मिसिएको समाजवादको बाटोबाट हामी हिजो ३० औं बर्ष अगाडि पनि अडिग थियौं र आज पनि छौं ।
के बाबुको मृत्युपछि छोराले बाबुको थर पुरानो भयो भनेर थर छोडन मिल्छ ? के आफ्नो जात छोडन मिल्छ ?बाबुले न्वारानमा के नाम राखिदिए भन्दै नाम छोडन मिल्छ ? अब गोत्रनै समयसापेक्ष परिवर्तन गर्नुपर्यो भनेर परिवर्तन गर्न मिल्छ ? मिल्छ भने त्यो छोरो होईन मोरो हो । अहिलेको कांग्रेस नेतृत्व बीपी कोईरालाले प्रतिपादन गरेको नीति छोडेर त्यहि अवस्थामा पुगेको छ ।
राजा फाल्ने नीति र सिद्धान्त हामीले नेपाली कांग्रेसको कुनै नीति तथा कार्यक्रम र घोषणापत्रमा पढेका थिएनौं । पञ्चायती व्यवस्थाले सर्वस्वहरण गरेका नेताहरुले पनि गणतन्त्रको आवाज उठाएका थिएनन् । के कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, महेन्द्रनारायण निधि जस्ता दिग्गज नेताहरुले पद र पैसाका लागि यसरी नै आफ्नो नीति र सिद्धान्त बेचेका भए आज नेपाली कांग्रेस भन्ने चीज जीवित रहन्थ्यो ?
के बाबुको मृत्युपछि छोराले बाबुको थर पुरानो भयो भनेर थर छोडन मिल्छ ? के आफ्नो जात छोडन मिल्छ ? बाबुले न्वारानमा के नाम राखिदिए भन्दै नाम छोडन मिल्छ ? अब गोत्रनै समयसापेक्ष परिवर्तन गर्नुपर्यो भनेर परिवर्तन गर्न मिल्छ ?
मिल्छ भने त्यो छोरो होईन मोरो हो । अहिलेको कांग्रेस नेतृत्व बीपी कोईरालाले प्रतिपादन गरेको नीति छोडेर त्यहि अवस्थामा पुगेको छ । काङ्ग्रेस अहिलेको हविगतमा पुग्नुको कारण यहि हो भन्ने मेरो ठम्याई हो । हामीले मान्ने संस्कार र परम्पराले हामीलाई कतिसम्म प्रभाव पार्छ भन्ने कुरा यहिबाट प्रष्ट हुदैन र ?
एकपटक एकजना मान्छे गाँउको बाटो हुँदै कतै जाँदै रहेछन् । बाटामा एक ब्राम्हणको घर रहेछ । उनी प्रकाण्ड ज्योतिषी रहेछन् । त्यो व्यक्तिलाई पनि आफ्नो ग्रहदशाबारे हेराउने विचार आएछ र ज्योतिषी बाकोमा गएछन् । त्रिकालदर्शी ती बाबाले उनको हात हेर्दै बडो मलिन स्वरमा भनेछन् , भाई यो बर्ष तिम्रो ग्रहदशा सारै कमजोर छन् । बडो हिम्मत राख्नु । ठुलाठुला बज्रपात हुने, ठुलाठुला दुस्खकष्ट आईपर्ने समय छ ।
के छ बाबू राम्रै त छ ? त्यो व्यक्तिले बडो ठाटसँग उत्तर दिएछ , खै ज्योतिष बा तपाईले मेरा ग्रहदशा बिग्रिएका छन् होस् गर्नु है भन्नुहुन्थ्यो । भएकि श्रीमती पनि पोईल गई, भएका २ ओटा छोरा मरे, बाबुआमा मरे, हल गोरु मरे, भएको खेत पहिरोले लग्यो तर मलाई अहिलेसम्म कुनै ठाँगेले छोएको पनि छैन । विचरा ज्योतिषी निशब्द भएर त्यो मान्छेलाई हेरेको हेरै भएछन् ।
त्यो व्यक्तिले ज्योतिषीको कुरामा कुनै महत्व दिएनछ । १ महिनापछि श्रीमति अर्कै व्यक्तिसँग पोईल गईछन् । श्रीमती पोइल गएको २ महिना नबित्तै २ जना भएका छोराहरु पनि बिफरको महामारीले लगेछ । केही दिन नबित्तै आमा बा पनि परमधाम गएछन् । खेती लाउने समयमै एक हल गोरु पनि मरेछन् । समयले पनि कति सताएको लगाएको बालीसहितको खेतबारी पनि पहिरोले लगेछ । कस्तो दुर्दशा ६ महिनाका समयान्तरमा यी सबै काम भएछन् ।
संयोग पनि कस्तो परेछ भने ६ महिनापछि सोही बाटो गरेर त्यो व्यक्ति कतै जाँदै रहेछ । उसलाई परैबाट आएको देखेर ज्योतिषीले बोलाउदै सोध्नु भएछ बाबू तिम्रा ग्रहदशा देखेर मलाई अतिनै डर लागेको थियो । के छ बाबू राम्रै त छ ? त्यो व्यक्तिले बडो ठाटसँग उत्तर दिएछ , खै ज्योतिष बा तपाईले मेरा ग्रहदशा बिग्रिएका छन् होस् गर्नु है भन्नुहुन्थ्यो । भएकि श्रीमती पनि पोईल गई, भएका २ ओटा छोरा मरे, बाबुआमा मरे, हल गोरु मरे, भएको खेत पहिरोले लग्यो तर मलाई अहिलेसम्म कुनै ठाँगेले छोएको पनि छैन । विचरा ज्योतिषी निशब्द भएर त्यो मान्छेलाई हेरेको हेरै भएछन् ।
अहिलेको नेपाली कांग्रेसको हविगत पनि म त्यहि देख्छु । अनि निशब्द हुन्छु । अब के के हुदा चाहिँ उसलाई दशालागेको भान हुन्थ्यो भनेर ? फराकिलो सोच राखौ । आफ्नो पद र पैसाका लागि मात्र सिङ्गो संगठनको अस्मिता नबेचौं । आफुले दुस्ख सहेर भएपनि भावी पिढीका लागि नेपाली कांग्रेसलाई बचाएर राखौं ।
थर, गोत्र, ठाउँ ठेगाना नभएको विदेशबाट आयातित सिद्धान्तमान्ने, विदेशी नेता मान्ने, पद र पैसाका लागि आफ्नै सहयात्रीलाई सफाया गर्नेहरु भन्दा आफ्नै देशमा जन्मिएको, आफ्नै अभिभावकको पसिनाले सिंचित गरेको, आफ्नै नीति र कार्यक्रम भएको पार्टी बनाऔं । ढिलो नगरौ। अब सबै यो देशको बिकासमा लागौं । आन्तरिक रिस राग त्यागौं । जनतालाई झुठा आश्वासन र चिप्ला कुरा गर्नेहरुको भण्डाफोर गरौं । जागौं अब जागौं ।।।
राजनैतिक दलको आग्रहमा नै उनी नारायणहिटी दरबारबाट नागार्जुन दरबार गएका हुन । चाहे नारायणहिटी दरबार होस चाहे नागार्जुन दरबार होस राजा दरबारमै छन् । जनताका साथमा छन् जनताका काखमा छन् । जनताका आँखामा छन् । अहिलेका राजनैतिक दलका नेताजस्ता गन्हाएका छैन् ।
नेपालका केही लालबुझक्कडहरुले हामीले राजा फाल्यौं भनेर दिउसैं तारा गनेको देख्दा ताज्जुब लाग्छ । राजा कसले कहाँबाट फालेको हो ? ०६२/०६३ को आन्दोलनले राजा फालेको हो ? जनमतसंग्रहबाट राजा फालिएको हो ? आन्दोलनको बलले राजसंस्थालाई पदच्यूत गरिएको हो ? कि राजाले पुर्नस्थापित गरेको संसदमा माओवादी नामको पार्टीलाई ल्याएर सिंहदरबार छिराईएको हो ? राजा समेतको सहभागितामा भएको पहिलो संविधानसभाको चुनावमा कि पराजित गरिएको हो ?
संविधानसभाको पहिलो बैठकमा राजाका बारेमा निर्णय हुदैं गर्दा राजा नारायणहिटी मै थिए । राजनैतिक दलको आग्रहमा नै उनी नारायणहिटी दरबारबाट नागार्जुन दरबार गएका हुन । चाहे नारायणहिटी दरबार होस चाहे नागार्जुन दरबार होस राजा दरबारमै छन् । जनताका साथमा छन् जनताका काखमा छन् । जनताका आँखामा छन् । अहिलेका राजनैतिक दलका नेताजस्ता गन्हाएका छैन् ।
जनताले अहिलेका नेतालाई जस्तो गाली बेईज्जती र मुर्दावाद भनेर सडक तताएका छैनन् । नत ७० जनाको सुरक्षा गार्ड नै चाहिन्छ उनलाई नत साईरनवाला गाडी नै अघिपछि । जनताका साथमा जान उनलाई कुनै डर छैन, अप्ठ्यारो छैन, किनकी उनले नेपाली जनताको लागि कुनै अपराध गरेका छैनन् । नत अगाडि गर्नेछन् ।
त्यहि भएर त राजाले अलि ठूलो ड्याउ गर्दा समेत नेपालका नेताहरु तर्सिन्छन् । जनताका बीचमा गए भने झस्किन्छन् । तर जे होस् राजा सबैका साझा छन् । साझा रहने छन् । यो मेरो व्यक्तिगत विचार मात्र हो ।
(लेखक भट्टराई नेपाली कांग्रेस झापाका सक्रिय एवं जुझारु कार्यकर्ता हुन् । यो उनको निजी भनाई हो । स.)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय फोरमहरूमा नेपाल अझै पनि कमजोर बनिरहने ?
असोज १२, २०८१ शनिबार
जनताका सुख–दुःखलाई बेवास्ता गर्ने सरकार सञ्चालकहरूको कस्तो प्रवृत्ति हो ?
असोज ९, २०८१ बुधबार
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार