विधिमाथि नै प्रहार हुन थाल्यो सरकार !
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार १७:५३:३१
♦ यज्ञप्रसाद भट्टराई
बर्षौदेखि नेपाली जनताले खोजेको राजनैतिक परिवर्तन र संघिय संसदको निर्वाचनपछि मुलुकमा रहेको राजनैतिक उतारचढावको अन्त्य हुदै स्पष्ट बहुमतको नयाँ सरकार गठन भयो । यो सरकार बनेपछि जनतामा ठूलो आशा र भरोसा थियो ।
स्पष्ट बहुमतको सरकार भएपछि मुलुकमा योजनाहरु बन्नेछन्, बनेका योजनाहरु समयमै सम्पन्न हुनेछन्, मुलुकबाट भ्रष्टाचार अन्त्य हुनेछ । भ्रष्टाचारीहरु जेल जानेछन् । अपराधीहरुले सजाय पाउनेछन् । तर खै त ? यो एक बर्ष भन्दा बढीको समयमा शिक्षामा सुधार भएको ? स्वास्थ्यमा सुधार आएको ? आम नागरिकले महशुस गर्ने गरी यो चाहि परिवर्तन भयो भनेर के कुरालाई हेर्ने ? महशुस गर्ने, अनुभूति गर्ने ? गर्व गर्ने ? देश दिनानुदिन अधोगतितर्फ गैरहेको छ ।
कि पुग्नै दिदैनन् सकुनीहरुले ? जाबो एउटा गीतको भार त थेग्न नसक्ने सरकारले कसरी जनताको रोदन थेग्न सक्ला ? जनताको अविश्वास थेग्न सक्ला ? जनताबाटै चुनिएर बनेको सरकार जनताबाटै बिरोधका स्वरहरु छ्यापछ्याप्ती बजारमा सुनिन थालेपछि खै कसरी पो चल्दैछ यो सरकार ? मलाई त यो देशमा सरकार छ र ? भन्ने कुरामै शंका लाग्न थालेको छ ।
जनताको क्रय शक्ति भन्दा १० औं गुणा बढी महंगी बढदा पनि सरकार कानमा तेल हालेर बसेको छ । सर्वसाधारण जनता आफ्ना समस्या सरकारलाई सुनाउनै सक्दैनन् । सुनाउन सक्नेले केहि कुरा उठाए सरकार तिनै माथि जाईलाग्छ । गरिब, असहाय, निर्धन, सर्वहारा बर्गको सरकार भएको अवस्थामा पनि केही मुठ्ठीभर ब्यक्तिको वरिपरि सरकार घुम्न बाध्य भएको देखिन्छ ।
महंगीको मारमा रहेका आम नागरिकको रोदन के यो सरकारको कानसम्म पुग्दैन ? कि पुग्नै दिदैनन् सकुनीहरुले ? जाबो एउटा गीतको भार त थेग्न नसक्ने सरकारले कसरी जनताको रोदन थेग्न सक्ला ? जनताको अविश्वास थेग्न सक्ला ? जनताबाटै चुनिएर बनेको सरकार जनताबाटै बिरोधका स्वरहरु छ्यापछ्याप्ती बजारमा सुनिन थालेपछि खै कसरी पो चल्दैछ यो सरकार ? मलाई त यो देशमा सरकार छ र ? भन्ने कुरामै शंका लाग्न थालेको छ ।
निशुल्क शिक्षाको वकालत गरेर नथाक्ने सरकारले आफै सरकारी बिद्यालयहरुमा सेवा शुल्कका नाममा रकम उठाउन लगाएर नाङ्गो नाँच देखाउछ । एउटै बिद्यालयमा एउटै कक्षामा पढने बिद्यार्थीबाट फरक फरक शुल्क निर्धारण गरी गरिब अभिभावकको ढाड भाच्चिने गरी रकम असुल गर्दा समेत सरकार निशुल्क शिक्षाको राग अलाप्न छोडदैन । बर्षै पिच्छे सरकारी बिद्यालयमा आउने अनुदानको रकम बढेको बढ्यै छ, शिक्षा क्षेत्रमा राज्यको लगानी त्यसरी नै बढिरहेको छ तर पनि सरकारी बिद्यालयहरु आफुखुसी कक्षागत रुपमा सेवाशुल्कका नाममा मनचाहे रकम असुली रहेका छन् ।
गतबर्ष बिद्यालय भर्ना अभियानका क्रममा कुन कुन नेताले कसकस्लाई पढाउने जिम्मा लिएका थिए तिनीहरुको अहिलेको अवस्था के छ सरकार ? कुनै आधिकारिक रेकर्ड छ ? कि हावाका तालमा बोलियो ? सरकारका प्रधानमन्त्री, मन्त्री, उच्च पदस्थ अधिकारीहरु, सामाजिक संघसंस्था तथा ब्यक्तिहरुद्धारा गरिएका यस्ता महत्वपूर्ण जिम्मेवारीका बिषयहरुलाई सरकारी तवरबाट लिपिबद्ध गरेर राख्न पर्दैन ?
सभ्यता भनेको भौतिक बस्तु वा चिज मात्र होईन । यो कला, संस्कार, संस्कृति र मानव सम्बन्धहरुको जीवन्त रचना पनि हो । यहि सभ्यता, संस्कार, परम्परा र संस्कृतिलाई आफ्नाे जीवन आधारको रुपमा मानव जातिले लिएको हुन्छ । हिन्दू धर्म, बौद्ध धर्म तथा आ–आफ्नाे धार्मिक रीतिरिवाज र परम्परामा रहेर पनि धार्मिक सहिष्णुतामा कुनै प्रकारको आँच नआएको हाम्रो मुलुकमा आयातित धर्मले निर्वाध हस्तक्षेप गरी धार्मिक द्वन्दमा मूलुकलाई फसाई धर्म निरपेक्षताको नाममा ल्याईएको छाडातन्त्रका कारण अहिले मुलुकमा अपराधिक घटनाहरु बढी रहेका छन् ।
समाजमा घटेका आपराधिक कार्यहरुलाई सहि र निष्पक्ष रुपमा छानविन गर्ने र दोषीलाई कडा भन्दा कडा सजाय दिलाउन सकृय रहनुपर्ने ठाउँमा अझै पनि नेपाली जनता पार्टी र नेताकै अन्धोभक्त भएर ताली बजाउने अवस्था छन् । सहि र गलत छुट्याउने क्षमता नभएर हो वा नचाहेर हो गलत गर्नेले सजाय र राम्रो काम गर्नेले पुरस्कार पाउने अवस्थाको अन्त्य भएको छ । यस्तो अवस्था रहेसम्म मुलुकमा शान्ति तथा अमन चयन सृजना हुनै सक्दैन ।
सदियाैंदेखि समाजले बनाएका र जोगाएर राखेका सार्वजनिक सम्पत्ति, मठ, मन्दिर, गुठी, लगायतका क्षेत्रमा एकपछि अर्को गर्दै सरकारी पक्षबाटै प्रहार र हस्तक्षेप हुन थालेपछि जनताले गुहार माग्न कहाँ जाने ? अभिभावकनै लोभी, आशक्त र लालची भएपछि परिवार कसरी सहि ढंगले चल्न सक्छ ? घरको मुल खाबो नै लरबराए पछि घरको के हविगत हुन्छ ? अहिले हामी त्यहि अवस्थामा पुगेका छौ ।
अपराधीलाई दण्ड सजाय दिनुभन्दा पनि पार्टीको कार्यकर्ता भएकै कारण संरक्षण र बचाउतन्त्रका कारण पनि देशमा हत्या, हिंसा र आपराधिक कामहरु बढदै गैरहेका छन् । समाजमा घटेका आपराधिक कार्यहरुलाई सहि र निष्पक्ष रुपमा छानविन गर्ने र दोषीलाई कडा भन्दा कडा सजाय दिलाउन सकृय रहनुपर्ने ठाउँमा अझै पनि नेपाली जनता पार्टी र नेताकै अन्धोभक्त भएर ताली बजाउने अवस्था छन् । सहि र गलत छुट्याउने क्षमता नभएर हो वा नचाहेर हो गलत गर्नेले सजाय र राम्रो काम गर्नेले पुरस्कार पाउने अवस्थाको अन्त्य भएको छ । यस्तो अवस्था रहेसम्म मुलुकमा शान्ति तथा अमन चयन सृजना हुनै सक्दैन ।
अहिले मुलुकमा सत्य कुरा बोल्न र लेख्न समेत डराउनु पर्ने अवस्था छ । देखेको कुरा समेत बोल्न नसक्ने अवस्था सृजना भएको छ । बास्तवमै भन्ने हो भने अहिले नेपालमा कंश यूग शुरु भएको छ । मानिसलाई डराएर, तर्साएर, धम्क्याएर मुलुक चलाउने योजना बन्दैछन् । सत्य र जायज बोल्ने मुखहरुलाई बन्द गराउन हरसंभव प्रयत्नहरु हुदैछन् । लेख्ने कलमहरुलाई बन्द गराउने प्रपन्चमै सरकारको ध्यान केन्द्रित हुन्छ । ब्यक्तिका ब्यक्तिगत सम्पत्तिमा त छदैछ सार्वजनिक, एैलानी र गुठी पनि बाँकी नराख्ने अवस्था सृजना हुदैछ । यी सबै कुरालाई अति सुक्ष्म बिश्लेषण गर्ने हो भने नेपाली जनतालाई यो सरकार के राहत बन्न सक्ला र ?
गरिब जनताहरु तिर्नै नसक्ने गरी करको मारमा छन् । राज्यकोषको दोहन यत्तिसम्म छ कि आमनागरिक लाजले आँखा छोपेर हिडन बाध्य छन् । पार्टीका कार्यकर्ताहरुबाट बिकासका योजनाहरु बन्दछन् । सरकारी संयन्त्र र कर्मचारी ट्वाँ परेर हेर्ने अवस्थामा छन् । सडक बनाउदा पार्टी, पुल बनाउदा पार्टी, स्कूल बनाउदा पार्टी, अस्पताल बनाउदा पार्टी ….खै कुनचाहि योजना सरकारको निगरानीमा बन्छ ? हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो देशको कार्यकारी प्रमूख नै ट्वाक्कटुक्क कार्यक्रम चलाउदै जनता हसाँउदै हिडछन् ।
सरकार आफै चल्ने कुरा होईन । यो ब्यक्ति तथा राजनैतिक दल, राज्यसंयन्त्र र बिधिबाट चल्ने हो । विधिमाथि नै प्रहार हुन थालेपछि सरकार सहि लिकमा गयो भनेर कसरी बिश्वास गर्ने ?
(लेखक भट्टराई प्रधानमन्त्री केपी ओली कै गृहजिल्ला झापा दमकका सामाजिक अभियन्ता हुन् )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार