भरतपुर अस्पतालमा ज्वरो क्लिनिक
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार १८:४५:२८
२४ भदौ, चितवन । भरतपुर अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेपछि आजबाट ज्वरो क्लिनिक शुरु गरिएको छ । तीनवटा क्लिनिकबाट ज्वरोका बिरामीको परीक्षण थालिएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेपछि नियमित बहिरङ्ग सेवाले धान्न कठिन भएकाले सो क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
उनका अनुसार एकै दिन बहिरङ्ग सेवामा नयाँ एक हजार ९२२ जनासम्म बिरामीले टिकट काटेका थिए । तीमध्ये नौ सय भन्दा बढी ज्वरोका रहेका थिए । यससँगै पुराना ज्वरोका तीन सयसम्म बिरामी पुनः परीक्षणका लागि आएकाले अस्पतालले नयाँ विकल्पको खोजी गरी बिरामीलाई सेवा दिन शुरु गरेको पौडेलले जनाकारी दिए ।
अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडाका अनुसार क्लिनिकमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी रहेका छन् । अहिले ज्वरोका बिरामीमा डेङ्गु र ईन्फुलुएन्जा देखिएको छ । क्लिनिकमा रहेका स्वास्थ्यकर्मीले डेङ्गु देखिएमा तत्काल रगतको परीक्षण र ईन्फुलुएन्जा देखिएमा थुकको परीक्षण गरी उपचार गर्न शुरु गरेको उनले जानकारी दिए ।
बहिरङ्गको मेडिकल विभागमा आउने बिरामीलाई परीक्षण गर्न पाँचजना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले आज अस्पतालको योजना समितिको बैठक बसेर ज्वरोको क्लिनिक स्थापना गर्ने र मन्त्रालयसँग थप चिकित्सक माग गर्ने निर्णय गरेको जानकारी दिएका छन् । यससँगै विशेष परिस्थिति भएकाले चिकित्सक स्वास्थ्यकर्मीलाई बिदामा नबस्न आग्रह गर्ने निर्णय पनि गरिएको उनले बताए ।
अस्पतालमा आएका बिरामी फर्कन नपरोस भन्नका लागि सबै खालका व्यवस्था मिलाइएको उनले बताए । अस्पतालमा रहेका विशेषज्ञ चिकित्सक र सेवाका कारण धेरैको विश्वास भएकाले बिरामीले पालो कुर्नुपर्ने हुँदा धैर्यता अपनाइ सेवा लिनसमेत तिवारीको आग्रह छ ।
जिल्लामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सोमबार साँझसम्म तीन हजार ९९५ जनाको रगतको नमूना परीक्षण गर्दा एक हजार ३१६ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए । डेङ्गुकै कारण जिल्लामा दुई जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार