दमकल र जनशक्ति अभावले जुद्ध वारुणयन्त्र समस्याग्रस्त
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार २२:१७:५६
२४ भदौ, काठमाडौं । तत्कालीन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी भक्तपुरमा विसं २००१ मा स्थापना भई सञ्चालनमा आएको जुद्ध वारुणयन्त्र ७६ वर्षकाे बूढो हुँदा सञ्चालनमा निकै कठिनाइ आएको छ । जुद्ध बारुणयन्त्र जति बूढो भयो यहाँ सञ्चालनमा रहेको दमकल पनि त्यति नै बूढो भएकाले सञ्चालनमा निकै कठिनाइ आएको जुद्ध बारुणयन्त्र भक्तपुरको ७६ औँ स्थापना दिवसका सहभागीहरुले बताएका छन् ।
भक्तपुर, काठमाडौँ, ललितपुरदेखि काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिँदै आएको भक्तपुर दमकलले यसअघिका चार दमकल बिग्रिएर जीर्ण भएको जुद्ध वारुणयन्त्रका पूर्व कार्यालय प्रमुख विजय धौभडेलले बताए । उनले भने, “जुद्ध बारुणयन्त्र जति बूढो भयो, यहाँका दमकल पनि त्यति नै बूढो भएर थन्किएका छन्, तीन वर्षअघि मध्यपुरथिमि नगरपालिकाले दिएको एउटा दमकल र १८ वर्ष अगाडि सिद्धी स्मृति अस्पतालले दिएको एउटा जीर्ण दमकल र पुरानो एउटा ट््याङ्करले सेवा धान्दै आएको छ ।”
त्यसमध्ये पनि सिद्धी स्मृतिले दिएको दमकल बेला–बेलामा बिग्रिरहने र अहिले पनि बिग्रिएर मर्मत गर्न लागेको बताउँदै दमकल र जनशक्ति अभावले थप समस्या परेको उनको भनाइ छ । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कार्यालयका कर्मचारी फायरम्यान उमेश ढकाल, मायानाथ दाहाल र कार्यालय सहयोगी निशा द्योलालाई जनही नगद रु तीन हजार र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए । प्रजिअ भट्टले थप दमकल ल्याउन र कर्मचारीको सेवा सुविधा वृद्धिका लागि पहल गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
एनपीएलको उद्घाटन खेलमा जनकपुरले टस जित्यो
मंसिर १५, २०८१ शनिबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार