प्रहरी बुलेटिन अपडेट : सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु !
नेपालबहस संवाददाता
असोज १६, २०७६ बिहिबार २०:७:३३
१६ असोज, काठमाडौं । महानगरिय प्रहरीले देशैभर घटेका प्रहरी बुलेटिनहरु सावैजनिक गरेको छ । हरेक दिन देशैभर भएका घटना दुर्घटना प्रहरी विभागले बुलेटिनका रुपका सार्वजनिक गर्दै आइरहेको छ ।
प्रहरी बुलेटिनका अनुसार जनकपुर उपमहानगरपालिका-४ जनक चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट ९ पिस सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सबैला नगरपालिका-३ बस्ने २० वर्षीय प्रबिण कुमार यादब, १९ वर्षीय राम शर्मा र २० वर्षीय मुकेश साह रहेका छन् । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले स.१० प ८८९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै कास्की, धनकुटा र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।कास्कीको पोखरा महानगरपालिका-७ स्थित सडकमा ग.१४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक पोखरा महानगरपालिका-८ नागढुङ्गा बस्ने २२ वर्षीय फिन्जु लामा शेर्पाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।
धनकुटा, चौबिसे गाउँपालिका-३ गढीगाउँस्थित सडकमा को.२ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १७ वर्षीय लक्ष्मण तामाङको घोपा अस्पताल धरानमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ भैरवडाँडास्थित सडकमा ना.६ त ४५३७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-९ बस्ने १९ वर्षीय सौरब दर्लामीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता झापाको दमक नगरपालिका-५ संगम टोल बस्ने ४० वर्षीय चिन्टु माझीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
आफ्नै घर अगाडि पानी जमेको नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ-लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
इता, कपिलवस्तुको यसोधरा गाउँपालिका-८ शिवपुर बस्ने ५८ वर्षीय नन्दलाल तेलीको गोठमा बिहीबार बिहान आगलागी हुँदा गोठ, गोठभित्र रहेको लु.१३ प १९४१ नम्बरको मोटरसाइकल तथा पानी तान्ने पम्पसेट पूर्णरुपमा जलेर करिब ४ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगो निभाउने क्रममा नन्दलाल तेली समान्य घाइते भएका छन् ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार