सडक परियोजनाका लागि २३ करोड डलर दिन अफ्रिकी बैंकको स्वीकृति
नेपालबहस संवाददाता
असोज १८, २०७६ शनिबार १३:४९:५२
१८ असोज, एजेन्सी । अफ्रिकी विकास बैंकले केन्याको मुख्य राष्ट्रिय राजमार्ग निर्माणका लागि २३ अर्ब सिलिङ (करिब २३ करोड अमेरिकी डलर) ऋण सहयोग गर्ने शुक्रबार घोषणा गरेको छ ।
बैंकका अनुसार पाँच वर्षे यस परियोजनाबाट ८४ किलोमिटर किनोल–सागाना–मारुआ राजमार्गको स्तरोन्नति गरिनेछ । यो परियोजना सन् २०२५ भित्र सम्पन्न हुनेछ ।
पछिल्ला वर्षहरुमा केन्यामा सडक सुधारका कार्य तीब्र गतिमा भइरहेका र यो परियोजना पनि त्यसकै एक हिस्सा भएको बैंकले जनाएको छ । केन्यामा हालै एक हजार ३०४ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ ।
ऋण सहयोगबाट निर्माण हुने राजमार्गले बन्दरगाह शहर मोम्बासा र नैरोबीलाई जोड्ने सडकको स्तरोन्नति हुने, तथा यसबाट अस्तव्यस्त ट्राफिकको अवस्था अन्त्य हुनेछ ।
यस परियोजनाको कूल लागत २८ करोड ३० लाख अमेरिकी डलर हो, जसमध्ये ८१ प्रतिशत अफ्रिकी विकास बैंकले ब्यहोर्ने छ भने बाँकी १९ प्रतिशत केन्या सरकारले लगानी गर्नेछ ।
यो अन्तर–अफ्रिकी महादेशीय राजमार्गकै हिस्सा भएकाले पनि यस राजमार्गको स्तरोन्नति अति आवश्यक देखिएको केन्या सरकारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार