केन्याले आन्तरिक चिया उद्योगको प्रवद्र्धन र खपत गर्ने
नेपालबहस संवाददाता
असोज १८, २०७६ आइतबार २:२९:६
१८ असोज, एजेन्सी । केन्याले आन्तरिक चिया उद्योगको प्रवद्र्धन गरी स्वदेशी उद्योगकै चिया खपत गर्ने नीति लिएको जनाएको छ ।
केन्याली सरकारले बिहीबार सो नीति बनाएको बताइएको छ । यसअघि केन्याले किसानहरुबाट राजस्व संकलन मात्र गर्ने नीति बनाएको थियो । यसका लागि केन्याका किसानले चिया निर्यात धेरै गर्ने गर्दथे । केन्या चिया विकास संस्थाले बिहीबार दिएको जानकारीअनुसार यसअघि केन्याली सरकारले यहाँबाट चिया निर्यात गर्ने र त्यसका माध्यमबाट राजस्व संकलन गर्ने कार्यलाई बढी प्राथमिकतामा राखेको थियो ।
तर अहिले भने स्वदेशी चियाँ उद्योगको चियाबाट नै चियाको खपत बढाउने र किसानमार्फत राजस्व संकलनलाई भन्दा पनि स्वदेश चिया उद्योगको चिया स्वदेशमै खपत गर्ने नीति अख्तियार गरेको जनाएको छ । उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत लिरियोन्का तियाम्तीले केन्याली पत्रकारहरुलाई भने– हामीले अहिलेसम्म चियाको निर्यातबाट राजस्व संकलन गर्ने नीति लिएका थियौँ तर अब भने स्वदेशी उद्योगबाटै चिया उपभोग गर्ने र स्वदेशी चिया उद्योगलाई प्रवद्र्धन गर्ने भएका छौँ ।
उनका अनुसार केन्याले अहिलेसम्म स्वदेशी चिया उद्योगमा उत्पादित भएको कम्तीमा पनि ९५ प्रतिशत चिया निर्यात गर्ने गरेको छ । उनले स्वदेशी चिया उद्योगको प्रवद्र्धनका लागि देशको युवा बर्गलाई लक्ष्य गरेर विभिन्न सुविधाहरु दिइएको र यसबाट चिया उद्योगको प्रवद्र्धन हुने ठानिएको बताए ।
केन्या संसारमा नै एक ठूलो चिया निर्यातक देशका रुपमा चिनिन्छ । यहाँको सरकारी तथ्यांकअनुसार केन्याले विश्वको चिया निर्यातकै कम्तीमा पनि २३ प्रतिशत चिया निर्यात गर्ने गर्दछ ।
केन्याले खासगरी कालो चियापत्तीको निर्यात गर्ने गर्दछ । उसको यो कालो चियापत्ती विश्वको बजारमा निकै नै लोकप्रिय मानिन्छ । यहाँ उत्पादन हुने कालो चिया खासगरी साना किसानहरुको निजी प्रयासबाट ९० प्रतिशत उत्पादन हुने गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार