दलित समुदाय मात्रै मिलेर गठित सहकारीको पहिलो साधारणसभा सम्पन्न
नेपालबहस संवाददाता
माघ २३, २०७६ शुक्रबार ०:३५:२३
२३ माघ, स्याङ्जा । वालिङ नगरपालिका २ छप्राक गाँउमा एकबर्ष अगाडी स्थापना गरिएको सिद्धबाबा श्रमिक महिला सहकारीले पहिलो साधरण सभा सम्पन्न गरेको छ ।
वालिङ नगरपालिकाका नगर उपप्रमुख कल्पना तिवारीले साधरणसभाको उद्घाटन गर्दै महिलाहरुको आयआर्जनमा सहकारीको भुमिका महत्वपूर्ण रहेको बताईन् । दलित समुदाय मात्रै मिलेर संचालन गरिएको सहकारीले कृषि र पशुपालनमा लगानी गरेर यहाँको आयआर्जनमा टेवा पुग्ने काम गरेको नगर उपप्रमुख तिवारीको भनाई थियो । सबैले श्रम गरेर नै जीविकोपार्जन गरेका छन् नगर उपप्रमुख तिवारीले भनिन्,“श्रमबाट नै जीवन बदलिने परिवर्तन हुन्छ यसको निरन्तरता हुनुपर्छ ।”
यो सहकारीले नाम जस्तै काम गरेको आफुले पाएको उनले बताईन् । सहकारीको माध्यमबाट यो बस्तीले फाईदा उठाउनु आवश्यक रहेको नगर उपप्रमुख तिवारीको सुझाव थियो । सहकारीबाटै समृद्धि हासिल गर्न सक्छ भन्ने सोचाई नगरपालिकाको रहेको छ उपप्रमुख तिवारीले भनिन्,“सबै नगरवासीलाई सहकारीमा आवद्धता गराएर कृषि क्षेत्रको विकास गर्नुपर्छ ।” जग्गाजमिन बाझो राखेर नगरपालिकाको समृद्धि हासिल नहुने उनले बताईन् ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरु नाफामुखी भन्दा पनि आयमुलक हुनुपर्ने जिकिर गरे । भावीपुस्ताका लागि आजैदेखि कृषिमा आत्मनिर्भर भएर अगाडि बढ्न सबै शेयर सदस्यहरुलाई पौडेलले आग्रह गरे । पहिलो साधरणसभामा वालिङ नगरपालिका १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्ले, वाड नम्वर २ का अध्यक्ष पोतप्रसाद लम्साल, समाजसेवी जमानसिंह नेपाली, डिलबहादुर श्रेष्ठ लगायतका बक्ताहरुले ग्रामिण क्षेत्रमा सहकारी संचालन गरेर यो क्षेत्रको आयआर्जनमा टेवा पुग्ने काम सहकारीले गर्न थालेको बताएका थिए । सिद्धबाबा श्रमिक महिला सहकारी संस्थाका अध्यक्ष सुनिता नेपालीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सभाको स्वागत सचिव अनुसा सिंजाली र संचालन कृष्ण नेपालीले गरेका थिए ।
१४० जना शेयर सदस्य रहेको सहकारीले २ लाख १३ हजार ७ सय ८४ निक्षेप, ९५ हजार १ सय शेयर पुँजी र २ लाख ५९ हजार २ सय २९ लगानी गरि ४ हजार ३ सय ५९ आम्दानी गर्न सफल भएको सहकारीले जनाएको छ । छोटो अवधीमा सहकारीले मुनाफा कमाउन मात्रै नभएर यो बस्तीमा बचत गर्ने बानीको विकास भएको स्थानीयको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार