अधिकार दिन्छन् भन्ने पर्खाइमा महिलाहरु बस्नु हुदैन:- उपप्रमुख तिवारी
नेपालबहस संवाददाता
माघ २९, २०७६ बुधबार १६:२१:२३
२९ माघ, स्याङ्जा । वालिङका समाजिक अगुवा महिलाहरुलाई एकदिने चेतना अभिवृद्धि र सशक्तिकरण अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । संविधानमा महिला अधिकार धेरै भएपनि महिलाहरु अझै पनि सशक्तिकरण भुमिकामा कम देखिएको भन्दै राष्ट्रिय महिला आयोगले एकदिने महिला अधिकारका बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
वालिङ नगरपालिकाले बालवालिका र महिलाहरुका विषयमा नगरपालिकाले विशेष महत्वका साथ काम गरिरहेको उपप्रमुख कल्पना तिवारीले बताईन् । हरेक विकास निर्माण योजनामा महिला सहभागिता गराउने देखि लिएर महिलाहरुको नेतृत्व क्षमताका विषयमा नगरपालिका काम गरिरहको आयोग समक्ष कार्यपत्र प्रस्तुत तिवारीले गरिन् । अधिकार दिन्छन् भन्ने पर्खाइमा महिलाहरु बस्नु हुदैन उपप्रमुख तिवारीले भनिन्,“अधिकार लिनका लागि आफै सक्षम र अगाडी बढ्नु आवश्यक छ ।” संविधानले दिएको अधिकार नखोज्दा सामाजिक कामको अग्रसरतामा पछाडी परिएको हो, उनले भनिन् ।
महिला अधिकार संविधानले सुनिश्चित गरेपनि कानुनको अध्ययन नहुदाँ महिलाहरुमा धेरै समस्या आउने गरेको आयोगको ठहर छ । आयोगको हेल्पलाईनमा देशभरीबाट करिब १५ हजार महिलाले समस्या टिपाउने गरेका छन् राष्ट्रिय महिला आयोगका सचिव दिपेन्द्र काफ्लेले भने,“आयोगमा समस्या आउने वित्तिकै महिलाहरुले न्याय पाएका छन् ।” तर आयोगमा महिलाहरुले फ्रिकल गर्न पाउने व्यवस्था हुदाँहुदै पनि महिलाका समस्या भएर पनि कमै आउने गरेको छ उनले बताए । महिला हिंसा, जवरजस्ती, अंशमुद्धा, नागरिकताबाट बन्चित लगायतका धेरै महिलाहरुका सामाजिक अधिकारबाट पछाडी परेका समस्याहरु अब टोल—टोलमै मिलाउन आवश्यक रहेको काफ्लेले जिकिर गरे । महिला अधिकारको सम्मान हुदाँहुदै पनि महिलाहरुले नखोज्ने र अधिकारमा नलड्ने प्रबृत्तिले महिला पछाडी पर्न गएको आयोगले जनाएको छ ।
अब महिलाहरु समाजबाट अपहेलित र अधिकारका विषयमा सशक्त रुपले अगाडी बढ्न टेवा पुगोस भन्ने उदेश्यले हरेक स्थानीयतहमा रहेका समाजिक अगुवा महिलाहरुलाई चेतना अभिबृद्धि गर्ने अभियान आयोगको रहेको बताइएको छ । हरेक विकास निमाणदेखि सहभागितामुलक कार्यक्रममा महिलालाई ३३ प्रतिशत भनिएपनि कार्यन्वयनमा फितलो भएको आयोगका उपसचिव मिरा शेरचनले बताईन् । महिलाहरु नै सामाजिक काममा खासै अग्रसरता देखाएको पाईदैन शेरचनले भनिन्,“आफ्नो अधिकारमा प्रष्ट नहुदाँ र चासो नदेखाउदा सहभागितामुलक अधिकारबाट बन्चित हुनुपरेको छ ।” जान्नेले नजान्नेलाई नसिकाउने र नजान्नेले जान्न नसिक्दा टोलदेखि केन्द्रसम्म यस्तो समस्या महिलाले झेल्न बाध्य छन् उनले भनिन् । कार्यक्रममा सहभागी भएर भन्दा पनि सिकेको कुरालाई व्यवहारमा उतार्न सकियो भने अर्को पिढीलाई पनि सहजता मिल्ने शेरचनको भनाई थियो ।
वालिङ नगरपालिका भित्र आमा समुह, महिला सहकारीका प्रतिनिधि, विभिन्न महिला संघसंस्थामा अगुवा गर्ने महिलाहरुलाई महिला अधिकारको बारेमा जानकारी गराइएको थियो । महिलाहरुको क्षमता अभिबृद्धिका लागि हरेक स्थानीयतहले छुट्टै कार्य योजना बनाएर सहजीकरण गर्नुपर्नेमा सहभागी महिलाहरुले जोड दिएका थिए । काममा इमान्दारिता तर कानुनमा अनभिज्ञता हुदाँ महिलाहरुले चलाएका संघसंस्थामा विवादास्पद समस्या आउने गरेको सहकारी विज्ञ खुमकान्त अर्यालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार