सहकारीमा दोहोरो सदस्यता त्याग्न अपिल, नत्यागे कारवाही गरिने
नेपालबहस संवाददाता
फागुन ९, २०७६ शुक्रबार २०:३:७
९ फागुन काठमाडौं । पनौती नगरपालिकाले एउटै उद्देश्यका सहकारी संस्थामा दोहोरो सदस्यता त्याग्न नगरवासीमा अपिल गरेको छ ।
नगरस्तरीय सहकारी विकास समितिले आउँदो २०७७ असोज मसान्तसम्ममा एकै प्रकृतिका सहकारीमा एकभन्दा बढी सदस्यता नलिन र लिएको भए त्याग्न अपिल गरेको हो । समितिले नपाको सहकारी ऐन–२०७४ को उपदफा (१) बमोजिम निर्णय गरी दोहोरो सदस्यता त्याग्न स्थानीय बासिन्दालाई आग्रह गरिएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । “सञ्चालकसमेतलाई दोहोरो सदस्यता नबन्न र बनेको भए एउटा मात्र छनोट गरी बस्न आग्रह गरेका छौँ”, उनले भने । उनका अनुसार दोहोरो सदस्यता नत्यागे कारवाहीसमेत गरिने चेतावनी दिइएको छ ।
अधिकारीका अनुसार सहकारी विभागले एकभन्दा बढी सहकारीमा रहेको दोहोरो सदस्यता हटाउन दिएको निर्देशन पालना गराउन नगर कार्यालयमार्फत अपिल गरिएको हो । सहकारी ऐन–२०७४ को दफा ३२ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाको सदस्य हुन नपाउने व्यवस्थाअनुरुप विभागले ऐन लागू भएकै मितिदेखि एक स्थानीय तहको एउटै प्रकृतिका एकमात्र सहकारी बस्न निर्देशन दिएको थियो ।
नगरमा बचत तथा ऋण, कृषि, महिला, पशुलगायत विभिन्न प्रकृतिका दुई सयभन्दा बढी सहकारी रहेका अधिकारीले बताए । उनका अनुसार नगरको प्रारम्भिक अनुसन्धानमा अधिकांश नगरवासी बचत तथा ऋण र बहुउद्देश्यीय सहकारीमा दाहोरो, तेहेरो सदस्यता रहेको पाइएको छ । नगरपालिकाले आह्वान गरेपछि हालसम्म ३५ सहकारी नगरमा सूचीकृत भएका छन् ।
विषेशतः नगरको शहरी क्षेत्रका व्यवसायी ऋणका लागि धेरै सहकारीमा सदस्य बन्ने गरेका पाइएको समितिले जनाएको छ । केही समयअघि विभागले काभ्रेपलाञ्चोक, दोलखालगायत मध्यपहाडी जिल्लामा गरेको अध्ययन प्रतिवेदनमा ४५ प्रतिशतले दाहोरो सदस्यता लिएको उल्लेख गरेको थियो । समितिमार्फत कम सदस्यता सङ्ख्या भएका सहकारीलाई एकीकरण गर्नसमेत सुझाव दिइएको छ । स्थानीय तहलाई सहकारी संस्थाको दर्ता÷खारेजीको अधिकार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार