कोरोनाका कारण इरानमा थप १७ को मृत्यु, विश्वभर एक लाख सङ्क्रमित
नेपालबहस संवाददाता
फागुन २४, २०७६ शनिबार १३:४४:२२
२४ फागुन एजेन्सी । कोरोना भाइरसको सङ्क्रमण तीब्र फैलिएको इरानमा शुक्रबार थप १७ जनाको मृत्यु भएको छ । योसँगै इरानमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२४ पुगेको इरानी अधिकारीले बताएका छन् ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले जोन हकिन्स विश्वविद्यालयलाई उद्धृत गदै संसारभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या शुक्रबार एक लाख नाघेको जनाएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान आठ बजेसम्म कूल एक लाख ११३ जनामा कोरोनाभाइरसको पुष्टि भएको विश्वविद्यालयकोे तथ्याङ्कमा उल्लेख छ ।
“पछिल्ला केही दिनमा देशभरिमा कोरोना भाइरसबाट सङ्क्रमितको थप सङ्ख्या एक हजार २३४ रहेको छ,” स्वास्थ्यमन्त्री किअनोस जाहनपोरले भने । उनका अनुसार सङ्क्रमितको कूल सङ्ख्या ४७४७ पुगेको छ । उनले भने, “सङ्क्रमित भएको पुष्टि भएका यी विरामीहरू सम्भवतः दुई हप्ता अगाडि नै सङ्क्रमित भएका र हाल उपचारका लागि अस्पताल आउँदा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो ।”
इरानमा कोरोना भाइरसबाट सङ्क्रमित भएको आशङ्कामा १५ हजार ९८० व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको थियो । कोरोना भाइरस सङ्क्रमित भएपछि निको भएका व्यक्तिहरूको सङ्ख्या भने ९१३ भन्दा बढी पुगेको छ ।
अधिकारीहरूका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा धेरै राजधानी तेहरानमा रहेका छन् । त्यसैले तेहरानलाई इरानमा कोरोना भाइरसको केन्द्र मानिएको छ । यसैबीच स्पेनमा थप पाँच जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै यहाँ कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३६५ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
यसअघि बिहीबारसम्म एकैदिन १०२ जनाको समूहलाई सङ्क्रमण भएको पुष्टि गरिएको थियो । त्यस्तै यूरोपेले अर्को मुलुक नेदरल्याण्डमा पनि कोरोना भाइरसबाट सङ्क्रमित पहिलो विरामी भेटिएका छन् । स्वास्थ्य अधिकारीहरूले ८६ वर्षीय एक वृद्धमा कोरोना भाइरसको पुष्टि भएको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार