अमेरिका प्राइमरी : जो बाइडेन चारवटा राज्यमा विजयी, स्यान्डर्सको अवस्था नाजूक
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बिहिबार ०:३१:२१
२८ फागुन एजेन्सी । डेमोक्रेटिक पार्टीका तर्फबाट भावी अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार छान्न भइरहेको चुनावमा अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन चारवटा राज्यमा विजयी भएका छन् । । डेमोक्रेटिक पार्टीबाट चुनिने व्यक्तिले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्न पाउने छन् ।
पार्टीको यस प्राइमरी चुनावमा बाइडेन धेरै प्रतिनिधि चुनिने मिसिगन समेत मिजौरी, मिसिसिपी र इडाहोमा विजयी हुनु भएको छ । उनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सलाई पछिल्लो चुनावी नतिजाले ठूलो धक्का लागेको विश्लेषण गरिएको छ ।
बाइडेनलाई कामकाजी मतदाता र अफ्रिकन अमेरिकन समुदायको ठूलो समर्थन रहेको छ । अमेरिकी चुनावमा यी दुई पक्षको समर्थन चुनावी नतिजा आफ्नो पक्षमा पार्न निकै महत्वपूर्ण रहने गरेको छ । उता सिनेटर स्यान्डर्सले भने नर्थ डकोटा र वासिङ्टन स्टेटमा जित दर्ता गरेका छन् ।
फिलाडेल्फियामा समर्थकहरुलाई सम्बोधन गर्दै बाइडेनले शुरुआती चुनावी दौडमा कमजोर नतिजा ल्याएपछि धेरै व्यक्तिले निराशा व्यक्त गरेको भएपनि अहिले परिस्थिति फेरिएको र आफू चुनावी प्रतिस्पर्धामा रहेको बताए । उनले स्यान्डर्सका समर्थकहरुलाई पनि आफूलाई मतदान गर्न आग्रह गरे ।
“मलाई तपाईंहरुको सहयोग चाहिएको छ, र तपाईं हरेकको योगदान मेरो चुनावी अभियानमा जरुरी छ । म बर्नी स्यान्डर्स र उनका समर्थकहरुलाई अविश्रान्त मिहिनेतका लागि धन्यवाद दिन चाहन्छु । हामी सबैको साझा लक्ष्य छ, त्यो भनेको हामी सबै मिलेर डोनाल्ड ट्रम्पलाई परास्त गर्नु हो ।” एपीको चुनावी विश्लेषण अनुसार हालसम्म जो बाइडेनले ८२३ र बर्नी स्यान्डर्सले ६६३ जना मत–प्रतिनिधि जित्नु भएको छ । राष्ट्रपतिमा मनोनयन हुन बाइडेनलाई अझै ११६८ र स्यान्डर्सलाई १३२८ मत आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
एनपिएलको पहिलो संस्करण आजबाट सुरू, उद्घाटन खेलमा विराटनगर र जनकपुर खेल्दै
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार