विकिलिक्ससँग जोडिएकी अमेरिकी पूर्व गुप्तचर चेल्सी म्यानिङ जेलमुक्त
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार २१:६:३२
३० फागुन, एजेन्सी । अमेरिकी एक सङ्घीय न्यायाधीशले बिहीबार सेनाका पूर्व गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई रिहा गर्ने आदेश दिएका छन् । म्यानिङ झण्डै एक वर्षदेखि जेलमा थिइन् । उनलाई ग्रान्ड जुरीसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि जेलमा राखिएको थियो ।
सरकारी वकीलहरुले ग्रान्ड जुरी विघटन गरिएको अदालतसमक्ष जानकारी गराएपछि अमेरिकी जिल्ला न्यायाधीश एन्थोनी ट्रेंगाले म्यानिङलाई जेलबाट रिहा गर्ने आदेश दिएका थिए । अलेक्जान्ड्रिया प्रहरी कार्यालयले बिहीबार राति नै म्यानिङलाई जेलमुक्त गरिएको जनाएको छ ।
विकिलिक्सको समेत अनुसन्धान गरिरहेको ग्रान्ड जुरी समक्ष उपस्थित हुन अस्वीकार गरेको अभियोगमा म्यानिङमाथि २ लाख ५६ हजार अमेरिकी डलर जरिबाना गर्न न्यायाधीशले यसअघि आदेश दिएका थिए । उक्त जरिबाना प्रतिदिन एक हजार डलरका दरले हुनेगरी तोकिएको थियो ।
यसै मुद्दामा आगामी शुक्रबारका लागि तोकिएको सुनुवाई पनि रद्द गरिएको छ । म्यानिङले अलेक्जान्ड्रिया जेलमा आफूलाई राखिए पनि जबर्जस्ती बयान गराउन बाध्य बनाउन नसकिने दाबी गरेकी थिइन। म्यानिङले गत बुधबार जेलमा छँदा आत्महत्या गर्ने प्रयास गरेको उनका वकीलहरुले दाबी गरेका छन् ।
विकिलिक्सको अनुसन्धान गरिरहेको ग्रान्ड जुरीसमक्ष बयान दिन इन्कार गरेको भन्दै अदालतको आदेशमा म्यानिङलाई गतवर्ष मे महिनादेखि जेलमा राखिएको थियो । सन् २०१९ मा पनि अर्को एक ग्रान्ड जुरी समक्ष बयान दिन अस्वीकार गरेको अभियोगमा उनलाई दुई महिना थुनामा राखिएको थियो । पछिल्लो ग्रान्ड जुरीको कार्यावधि अरु बढाइएको भए उनको जेल अवधि अरु छ महिना लम्बिने सम्भावना थियो ।
म्यानिङले यसअघि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई गोप्य वर्गीकृत सूचना दिएको आरोपमा सात वर्ष सैनिक कारागारमा बिताइ सकेकी छिन । असान्जमाथि अलेक्जान्ड्रिया अदालतमा एक अभियोग विचाराधीन अवस्थामा छ र बेलायतबाट अमेरिकामा प्रत्यर्पणका लागि प्रयास जारी छ । म्यानिङमाथि सुनाइएको ३५ वर्षको जेल सजाय तत्कालीन राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको शक्तिको प्रयोग गरी कटौती गरेका थिए ।
यो सम्भव छ कि अभियोजन पक्षले अर्को ग्रान्ड जुरी गठन गर्न सक्नेछन् र फेरि म्यानिङलाई बयानका लागि उपस्थित हुन अनुरोध गर्न सक्नेछन् । उनले बयान दिन अस्वीकार गरेको खण्डमा पुनः जेल सजाय हुन सक्छ । तर अभियोजकहरूले तत्काल ग्रान्ड जुरी गठन हुने वा नहुने बारे केही बताएका छैनन् । अभियोजकहरूले म्यानिङको रिहाईका बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार