सोमबारदेखि फ्रान्समा सबै विद्यालय र विश्वविद्यालय बन्द
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार २१:१३:२७
३० फागुन एजेन्सी । कोरोना भाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठानहरू “कम्तिमा” आगामी दुई हप्ता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छन्। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन यस्तो कदम चाल्नु परेको बताइएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको प्रसारलाई निस्तेज पार्न कडा कदम घोषणा गरेका थिए । उनको घोषणामा सोमबारदेखि अर्को सूचना नभएसम्म गर्ने उल्लेख थियो ।
“विद्यालयहरु सकेसम्म छोटो समयको लागि बन्द हुनेछन्,” स्वास्थ्य मन्त्री ओलिभियर भेरानले युरोप १ रेडियोलाई बताए । “हामी देशभरि नै लागू हुनेगरी नयाँ कदम चाल्दैछौं । विद्यालयहरू आवश्यकता अनुसार बन्द रहने छन् । यो कम्तिमा १५ दिनका लागि हुनेछ ।”
उनले भाइरस सङ्क्रमण रोक्नका लागि यो पनि एक सफल विधिका रुपमा देखिएको छ भने। शिक्षामन्त्री जीन–मिशेल ब्लान्क्वेरले जुन महिनाअघि नै महामारीको अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे । फ्रान्सको स्वास्थ्य मन्त्रालयले बिहीबार ढिलो जारी गरेको तथ्याङ्क अनुसार कोरोनाभाइरसबाट फ्रान्समा ६१ जनाको मृत्यु भएको र २ हजार ८७८ जना स¬ङ्क्रमित भएका छन् ।
म्याँक्रोले ७० वर्षभन्दा माथिका मानिसहरूलाई घरमै बस्न आग्रह गरेका छन् । उनले यस सङ्कटको अवस्थामा पनि मुलुकको अर्थव्यवस्थालाई जोगाउने उपायहरू घोषणा गर्नु भएको छ । सरकारले यस अवधिमा आंशिक रूपमा कार्यरत व्यक्तिहरुलाई पनि क्षतिपूर्ति दिइने बताएको छ ।
“हामी आवश्यक पर्ने सबैथोक गर्नेछौं र जरुरी देखिए अझ बढी काम गर्नेछौं,” अर्थव्यवस्था तथा वित्तमन्त्री ब्रुनो ली मायरले बताए । “यस्तो सहयोग गर्नुपर्दा स्वभावतः राज्यलाई “अर्बौं युरो” लाग्नेछ ।”
बीएफएम टिभीसँग कुरा गर्दै ला मायरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरुबाट आएका मानिसहरुलाई संयुक्तराज्य अमेरिकामा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयले “आर्थिक अराजकता” खडा हुने खतरा रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार