अब कोरोना भाइरसको केन्द्रबिन्दु युरोप : विश्व स्वास्थ्य संगठन
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार १४:२८:१०
१ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ले कोरोना भाइरस ‘कोभिड–१९’को केन्द्रबिन्दु अब युरोप भएको बताएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयसियसले अहिलेको संक्रमणको अवस्थाले महामारीको केन्द्रबिन्दु युरोप भएको बताएको बीबीसीले जनाएको छं । चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका १३८ देशमा पुगेको छ ।
चीनमा महामारी नियन्त्रण नजिक पुगिसकेकोले माहामारीको केन्द्रबिन्दु युरोपलाई मानिएको हो । डब्लूएचओका प्रमुख गेब्रेयसियसले सबै देशहरुलाई जीवन बचाउन आक्रामक उपाय, समुदाय परिचालन र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरे । उनले अहिले बलिरहेको संक्रमणको आगो थप फैलन नदिन सबै लाग्नुपर्ने बताए ।
धेरै युरोपियन देशहरुमा संक्रमण र मृत्युमा एकदमै उकालो लागेको खबर आइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् पनि खबरमा उल्लेख छ ।
इटलीमा संक्रमण र मृत्यु निकै उच्च
युरोपेली देशमध्ये इटलीमा संक्रमण र मृत्यु निकै उच्च बनेको छ । पछिल्लो २४ घण्टामा मात्र इटलीमा कोरोना भाइरसको संक्रमणबाट २५० जनाले ज्यान गुमाएका छन् । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या १२६६ पुगेको छ । इटलीमा १७६६० जनामा संक्रमण पुष्टि भैसकेको छ ।
यस्तै स्पेनमा १३३ जनाको ज्यान गइसकेको छ भने ५२३२ जनामा संक्रमण पुष्टि भएको छ । जर्मनी, फ्रान्स, स्वीजरल्याण्ड लगाएतका देशमा पनि संक्रमण उच्च बनेको छ । युरोपमा संक्रमण फैलिएपछि अमेरिकाले बेलायत बाहेकका देशबाट उडान बन्द गरेको छ भने अरु विभिन्न देशले पनि युरोपबाट आवातजावात बन्द गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार