कोरोना महामारी नियन्त्रण गर्न अमेरिकामा सङ्कटकाल घोषणा
नेपालबहस संवाददाता
चैत १, २०७६ शनिबार २२:४४:४७
१ चैत एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले शुक्रबार युरोपलाई कोरोना भाइरसको नयाँ केन्द्रबिन्दु घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राज्य सङ्कटकालको घोषणा आएको हो । सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका थिए ।
अमेरिकामा एक हजार ७०१ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० भन्दा बढीमा कोभिड–१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकाका विभिन्न राज्यले कोरोना भाइरस सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अपनाइएको छ । त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ ।
विश्व स्वास्थ्य सङ््गठन कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड–१९ लाई विश्वव्यापी माहामारीको सङ्ज्ञा दिइसकेको छ । गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेइ प्रान्तको उहान शहरबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ ।
इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो । अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार