किङ्स लाउन्जमा कोरोना नियन्त्रणका लागि उच्च सतर्कता, थर्मल स्क्यानरबाट परीक्षण
नेपालबहस संवाददाता
चैत २, २०७६ आइतबार २२:३७:५६
२ चैत, पाेखरा । किङ्स लाउन्ज पोखराले कोरोना भाईरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेश द्धारमा ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ । लाउन्जले आफ्ना ग्राहकहरुमा कोरोना संक्रमण नहोस भनेर थर्मल स्क्यानरका साथै लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे पनि प्रयोगमा ल्याएको किङ्स लाउन्ज पोखराका अध्यक्ष वशन्त गौचन थकालीले जानकारी दिए ।
उनले लाउन्जमा आउने ग्राहकको थर्मल स्क्यानीङ गरेर किटाणु नासक स्यानीटाइजर स्प्रे लगाएर मात्र लाउन्जमा प्रवेश गराईने बताए । लाउन्जमा यहि चैत्र ८ गते शनिबार साँझ ब्रिजेश, विजेन र वियोन ब्यान्डको लाइभ कन्सर्टको कार्यक्रम समेत राखेको छ । आगामी चैत्र ३० गते द एक्स ब्याण्डको लाइफ कन्र्सट आयोजना गर्ने लाउन्जले जनाएको छ ।
शिवरात्रीको अवसरमा लाउन्जमा नेपालका सांगितिक क्षेत्रका हस्तीहरु ईश्वर गुरुङ्ग (नमस्ते ब्याड), संगितकार तथा गितकार दीप श्रेष्ठ, सुबर्ण लिम्बू, गायक गंगा बरदान, यम बराल, अमर गुरुङ्ग, १९७४ एडीका निराकर, एडिन प्रधान, मनोज के.सी.का साथै अमेरिकन पिस पिट ब्यान्ड (जापान) को वृहत जमघट समेत आयोजना गरेको थियो । पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको किङ्स लाउञ्ज पोखराले सुपथ मूल्यमा ग्राहकहरुलाई स्वादिष्ट परिकारहरु प्रदान गर्दै आएको छ ।
बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेलाई निशुल्क केक उपलब्ध गराउँदै आएको लाउन्जले हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई निशुल्क ककटेल उपलब्ध गराउने गरेको छ । लाउञ्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएको संचालकको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार