भारतीय प्रधानमन्त्री मोदीद्वारा औषधी उत्पादन बढाउन निर्देशन
नेपालबहस संवाददाता
चैत ८, २०७६ आइतबार १:४३:३७
८ चैत एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधी कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन् । शनिबार भिडियो सम्मेलनमार्फत औषधी उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उनले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।
प्रतिक्रियामा औषधी कम्पनीका सञ्चालकहरूले प्रधानमन्त्री मोदीलाई औषधीको उत्पादन बढाउने आश्वासन दिएका थिए । उनीहरूले आफूहरूसँग औषधी उत्पादनका लागि प्रशस्त कच्चा पदार्थको भण्डारण रहेको र औषधीको उत्पादनका सम्वन्धमा कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए ।
औषधी उत्पादनका क्षेत्रमा काम गर्ने रसायनविद् तथा फर्मा कम्पनीले हरेका नागरिकका लागि राष्ट्रको चिन्ता पहिलो हुने भन्दै हप्तामा सातै दिन पूरा २४ घण्टाका दरले औषधीको उत्पादन गर्ने बताएका थिए ।
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २८३ पुगेको र यसका कारण चार व्यक्तिको मृत्यु भइसकेको अवस्थामा प्रधानमन्त्री मोदीले औषधी उत्पादनमा कमी नआओस् भन्ने उद्देश्यले व्यवसायीसँग अन्तक्रिया गरी उनीहरूको तयारीबारे धारणा बुझेका हुन्। भारतमा उत्पादन हुने औषधीको भर खास गरी दक्षिण एशियाली मुलुकहमा हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार