इटलीमा एकै दिनमा ६२७ व्यक्तिको मृत्यु, सेनाको सहयोगमा हिँडडुल गर्न थप कडाई गरिँदै
नेपालबहस संवाददाता
चैत ८, २०७६ आइतबार १:४९:५५
८ चैत एजेन्सी । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देखिएको यूरोपेली मुलुक इटलीले भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप कडाई गर्ने यहाँको सरकारले शनिबार बताएको छ ।
एकै दिनमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६२७ पुगेपछि सरकारले नागरिकहरूलाई उनीहरूकै घरहरूमा राख्नका लागि सेनाको सहयोग लिन लागेको बताएको छ । शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टाको समयमा इटलीमा एकै दिनमा अहिलेसम्ममा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।
इटलीको उत्तरी क्षेत्र खासगरी कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ सहयोगका लागि पुगेको चिनियाँ स्वास्थ्य टोलीले नागरिकलाई हिडडुलमा रोक लगाउने काम कडा नभएका कारण सङ्क्रमण फैलिने क्रम जारी रहेको बताएपछि प्रशासनले सेनाको सहयोगमा नागरिकहरूलाई घरभित्र सिमित रहने व्यवस्था गरेको छ ।
लोम्बार्डीमा नागरिकहरू हतास भएका दृष्यहरू देखिएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । अस्पतालहरूमा हजारौँ व्यक्ति सङ्क्रमित भएको आशङ्कामा भीड लागेपछि उपचार सेवाको उचित प्रबन्ध मिलाउन जटिलता देखिएको सीएनएनले बताएको छ ।
स्वास्थ्यकर्मीको अनुरोधमा प्रभावित क्षेत्रलाई लकडाउन ‘बन्द’ गर्न सेना प्रयोग गर्न गरिएको अनुरोधलाई सरकारले स्वीकार गरेको लोम्बार्डीका प्रशासन प्रमुख एटिलियो फोन्टानाले बताए । उनले लोम्बार्डी क्षेत्रमा ११४ सैनिक परिचालन गरिएको र आवश्यकता अनुसार यो सङ्ख्यालाई बढाइने बताए । इटलीमा सबैभन्दा पहिले लोम्बार्डीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
उनले भने, “उपचारका कारण यो सातासम्ममा सङ्क्रमित घट्ने अपेक्षा गरिए पनि सङ्क्रमितको सङ्ख्या नियन्त्रणमा आउन नसके पनि यहाँ पहिलेको तुलनामा नयाँ बिरामीको सङ्ख्यामा कमी आउन थालेको छ तर मृत्युदर भने बढेको छ ।”
इटालीमा शनिबारसम्म चार हजार ३२ जनाको सङ्क्रमणका कारण मृत्यु भइसकेको छ भने ४७ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा इटलीमा करिब छ हजार थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार