कोरोनाबाट विश्वभर तीन लाख ७ हजार संक्रमित [ हेर्नुस सूचिसहित ]
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार १५:३:५४
९ चैत, एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ‘कोभिड–१९’ बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख ७ हजार ७ सय ६६ जना मानिस संक्रमित भएका छन् ।
यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि झण्डै १३ हजार नाघेकाे छ। अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा १३ हजार ५५ जनाको मृत्यु भएको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङ्ग ‘सिएसएसई’, जोन हप्किन्स विश्वविद्यालयले जनाएको हो ।
चीन बाहिर १० हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण हुने देशहरु इटाली, स्पेन, अमेरिका, जर्मनी, इरान र फ्रान्स हुन् । कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी हुने देश अहिलेसम्म चीन रहेको छ ।
तर यसका कारण इटालीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा चार हजार ८ सय २५ जनाको मृत्यु भएको छ ।
पछिल्लो तीन दिन भित्रमा विश्वमा कोरोना संक्रमितको संख्या एक लाखले बढेको हो । अहिलेसम्म १६० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार