अस्ट्रेलिया सरकारद्वारा ३८ अर्ब डलरको राहत घोषणा
नेपालबहस संवाददाता
चैत ९, २०७६ आइतबार १९:२४:१
९ चैत्र एजेनसी । अस्ट्रेलिया सरकारले कोरोना भाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ ।
सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रै गरिने यात्रा र घुमफिरलाई पनि केही समय रद्द गर्न आग्रह गरेको छ । अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले आइतबार घोषणा गरिएको ६६ अर्ब अस्ट्रेलियन डलर समेत कूल एक खर्ब ८९ अर्ब अस्ट्रेलियन डलर मुलुकको अर्थव्यवस्था सुधारका लागि खर्च गरिने बताए । यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत हो । क्यान्बेरामा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री फ्राइडेनबर्गले यो विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न यस्तै विशिष्ट कदम चाल्नुको विकल्प नरहेको बताए।
उनले पछिल्लो राहत घोषणाले लाखौं अस्ट्रेलियाली नागरिकमा आशाको सञ्चार गराउने विश्वास व्यक्त गरे । सरकारको योजना अनुसार साना व्यवसाय र गैर नाफामूलक संस्थाहरुले एक लाख अस्ट्रेलियाली डलरसम्म अनुदान प्राप्त गर्नेछन् भने बेरोजगारको भत्तालाई दोब्बर बनाइने तथा निवृत्तीभरण प्राप्त गर्नेहरुलाई थप ७५० अस्ट्रेलियाली डलर नगद दिइनेछ ।
अर्थमन्त्री फ्राइडेनबर्गले आर्थिक क्षति १० दिनअघि सोचिए भन्दा निकै व्यापक रहेको पनि बताए। कोरोना भाइरसका कारण मुलुकको अर्थव्यवस्था विगत २९ वर्षदेखिको लगातार प्रगतिपश्चात पहिलो पटक मन्दीको अवस्थामा पुग्ने खतरा रहेको छ ।
अस्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या १३०० पुगेको छ भने सात जनाको मृत्यु भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले भाइरस प्रसार हुन नदिन अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्धहरु लगाउनुका साथै गैर अस्ट्रेलियालीलाई देश प्रवेशमा रोक लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार