विश्वभर भाइरसबाट तीन लाख ३६ हजार ८ सय ३८ जना सङ्क्रमित
नेपालबहस संवाददाता
चैत १०, २०७६ सोमबार १३:१५:३२
१० चैत्र, एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १६ पुगेको छ । एक सय ९१ देश र एउटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १६ पुगेको हाे ।
इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ५ हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना सङ्क्रमित छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ११३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ । संसारभर अहिलेसम्म तीन लाख ३६ हजार ८ सय ३८ जना सङ्क्रमित भएकोमा ९७ हजार ६ सय ३७ जना उपचारपछि निको भएका छन् ।
कोरोनाको सङ्क्रमण बढ्दै गएपछि जर्मनीले दुई जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ । चान्स्लर एन्जेला मर्केलले सङ्क्रमणको दरलाई सुस्त बनाउन मानिसको व्यवहार नै सबैभन्दा प्रभावकारी उपाय भएकोले व्यक्तिबीचको दूरी कायम गर्न सबैलाई आग्रह गर्दै दुई जना भन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामाग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइएको छ । न्यूयोर्कका मेयर बिल डि ब्लासियोले आफूहरु ठूलो अभावको १० दिन मात्रै नजिक रहेको भन्दै तत्काल व्यवस्था नभए मानिसहरु सेवा नपाएर ज्यान गुमाउने अवस्था आउने बताउनुभएको बीबीसीले जनाएको छ ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्ट्रेलियाले सिनेमाघर, पुजास्थल लगायत बन्द गराएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले व्यक्तिगत दूरी कायम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार