अमेरिकी राष्ट्रपतिको एक खर्ब डलरको आर्थिक प्याकेज तुहियो
नेपालबहस संवाददाता
चैत १०, २०७६ सोमबार २२:१२:२१
१० चैत्र एजेन्सी । कोरोना भाइरसका कारण समस्यामा परेको अमेरिकी अर्थव्यवस्थाको उद्धारका लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी माथिल्लो सदन सिनेटमा प्रस्तुत एक खर्ब अमेरिकी डलरको एक प्रस्ताव बहुमत नपुग्दा तुहिएको छ ।
उक्त प्रस्तावको विपक्षमा रहेका डेमोक्रेटिक पार्टीका सदस्यहरुले मतदानमा भाग लिएका थिएनन् भने रिपब्लीकन पार्टीका पाँच सदस्य कोरोनाभाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका कारण सिनेटको मतदानमा उपस्थित हुन पाएका थिएनन् ।
डेमोक्रेट्सका सांसदहरुले रिपब्लिकन पार्टीले अघि सारेको योजनाले लाखौं अमेरिकी कामदारलाई पर्याप्त संरक्षण गर्न नसक्ने आरोप लगाएका थिए । उनीहरुको भनाईमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउन पनि प्रस्तावित योजना असफल रहेको छ ।
विधेयकमा अमेरिकी परिवार र हजारौं बन्द उद्योग व्यवसायलाई मद्दत गर्न झन्डै एक खर्ब ७० अर्ब वा सोभन्दा बढी रकम खर्च गर्ने प्रस्ताव गरिएको थियो । रिपब्लिकन, डेमोक्रेट्स र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबीच गहन वार्ताका बाबजुद सिनेटमा भएको मतदानमा पक्ष र विपक्षमा बराबर अर्थात् ४७–४७ मत परेको थियो । उक्त विधेयक पारित गर्न १०० सदस्यीय सिनेटमा ६० मत आवश्यक पर्ने व्यवस्था छ ।
सिनेटर र्यान्ड पल समेतका पाँच जना रिपब्लिकन सिनेटरहरु अहिले स्व–क्वारेन्टाइनमा रहेका छन । उनीहरु सिनेटको मतदानमा उपस्थित भएनन । सिनेटर पलले आइतबार आफूलाई कोविड१९ सक्रमण भएको घोषणा गरेका थिए ।
आर्थिक सहयोगको उक्त विधेयक पारित गर्न आइतबार विस्तृत छलफल भए पनि सहमति जुट्न सकेको थिएन । सिनेटमा वरिष्ट डेमोक्रेट्स सदस्य चक सुमर र अमेरिकी अर्थमन्त्री स्टिभन मुन्चिनबीच “आर्थिक प्याकेजमा सहमति जुटाउन राती अबेरसम्म वार्ता भएको” सुमरका एक प्रवक्ताले बताए।
सिनेटमा सहमति हुन नसक्दा त्यसको पहिलो असर सोमबारको अमेरिकी शेयर बजारको कारोबारमा देखिने छ । पछिल्ला दुई महिनामा नै अमेरिकी शेयर बजार डाउजोन्समा झण्डै १० हजार अंकको गिरावट आइसकेको छ ।
पछिल्ला दिनहरुमा मुख्य अमेरिकी स्टक एक्सचेन्जमा चार प्रतिशत वा सोभन्दा बढी घट्दै गएको छ । वाल स्ट्रिटको कारोबार सोमबार निकै घट्ने अनुमान गरिएको छ । हङकङ शेयर बजार सोमबार पाँच प्रतिशतले घटेको थियो ।
सिनेटका बहुमत पक्षका नेता मिच म्याकोनेलले आर्थिक प्याकेज पारित नभएपछि डेमोक्रेटिक पार्टीमाथि चर्को आलोचना गर्नु भएको थियो । उनले अमेरिकी कङ्ग्रेसले तुरुन्तै उचित कदम नचाले अमेरिकाले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु पर्ने चेतावनी दिए ।
उनले “अमेरिकी अर्थव्यवस्था र अमेरिकी जनतासँग खेलवाड गर्ने अहिले समय होइन । हामीले जनतामा संसद र सरकार तिम्रो साथमा छ भन्ने भरोसा जगाउन सक्नु पर्दछ ।”
डेमोक्रेटिक सिनेट सदस्य सुमरले संसदमा प्रस्तुत विधेयकले अमेरिकी कामदारलाई पर्याप्त मात्रामा समर्थन गर्न नसक्ने दाबी गरे। उनले अर्थव्यवस्थामा आउने संकटका कारण करोडौंले आफ्नो जागिर गुमाउने जोखिम रहेको बताउँदै प्रस्तावित विधेयकले उत्पन्न हुनसक्ने श्रमिकलाई पर्याप्त सुरक्षा प्रदान नगरेको दाबी गरे ।
उनले रिपब्लिकनले अस्पताल, उपकरण, चिकित्साकर्मी र अन्य स्वास्थ्य सेवा पूर्वाधारको कमीलाई सम्बोधन गर्न पर्याप्त रकम व्यवस्था नगरेको आरोप लगाए ।
यद्यपी वार्तामा ट्रम्पका प्रमुख प्रतिनिधि अर्थमन्त्री मन्चिनले प्रस्तावित विधेयकले आम श्रमजीवी जनता र श्रमिक सहित स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ पर्याप्त व्यवस्था गरेकाले आइतबार उक्त विधेयक पारित हुने आशा व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
मंसिर १५, २०८१ शनिबार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १५, २०८१ शनिबार