भाइरसले विश्वको स्वास्थ्यलाई धरासायी बनाउन सक्ने डब्लूएचओकाे चेतावनी
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार १२:२०:४४
११ चैत्र, एजेन्सी । विश्वमा रहेका लगभग हरेक देशमा फैलिसकेको कोरोना भाइरस ‘कोभिड–१९’ को महामारीले गति पक्रन थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सोमबार कोरोनाभाइरसबाट संक्रमित हुने सङ्ख्या ३ लाख ५० हजार पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ ।
‘महामारीको गति बढ्दैछ,’ डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले जेनेभास्थित हेडक्वार्टरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पहिलो १ लाख संक्रमित पुग्न ६७ दिन लागेको थियो, दोस्रो १ लाखका लागि ११ र तेस्रो १ लाखका लागि मात्र ४ दिन लागेको छ ।’
उनले जी–२० राष्ट्रहरुलाई कोरोना भाइरसको संक्रमणसँग लड्नका लागि आवश्यक स्वास्थय सामग्री निर्माण गर्नका लागि सहकार्य गर्नका लागि आह्वान गर्ने पनि बताए ।
डब्लूएचओका अनुसार २ करोड ६० लाखभन्दा बढी स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमितको उपचारमा संलग्न हुने अनुमान गरेको छ । र, केही हप्तामा नै यसले विश्वको स्वास्थ्य व्यवस्थालाई धरासायी बनाउन सक्ने चेतावनी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार