उहानका बासिन्दालाई अप्रिल ८ देखि अन्यत्र जान खुला गर्ने सरकारको तयारी
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार २२:३४:१८
११ चैत्र, एजेन्सी । नयाँ कोरोना भाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो ।
तर उहानबाट बाहिर जान चाहने व्यक्तिहरुले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर देखाउनु पर्नेछ । प्रान्तीय कोविड–१९ नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा उहान बाहिरका स्वस्थ व्यक्तिमा कोरोना फैलिन नपाओस् भन्नका लागि निकै कडा नियमहरु र सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको उल्लेख छ ।
हुबे प्रान्तका अरु क्षेत्रमा बुधबारदेखि नै लागू हुनेगरी यातायात खुला गरिएको छ । हुबेमा अलपत्र परेका अन्यत्रका कामदारलाई हुबे बाहिर उनीहरुका कार्यस्थलमा सोझै पठाइने व्यवस्था मिलाइएको छ । हुबेमा अर्को सूचना जारी नहुँदासम्म स्कुलहरु भने बन्द हुनेछन् ।
गत जनवरी २३ मा उहान भित्रिने र बाहिरिने सवारी साधनमाथि रोक लगाइएको थियो । साथै शहरभित्र सार्वजनिक यातायात बन्द गर्नुका साथै उहान बाहिरका उडान र रेलसेवा रोकिएको थियो । यही किसिमका उपायहरु हुबे प्रान्तका अरु क्षेत्रमा पनि लागू गरिएको थियो ।
विगत पाँच दिनसम्म लगातार कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको उहानमा सोमबार भने एक व्यक्तिमा कोरोना देखिएको थियो । पूरै हुबे प्रान्तमा सोमबार एक व्यक्तिमा मात्र कोरोनाको संक्रमण देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार