भारतमा कोरोनाको नमूना सङ्कलन गर्न स्वास्थ्यकर्मी घरमा नै पुग्ने
नेपालबहस संवाददाता
चैत ११, २०७६ बुधबार ४:३३:१९
११ चैत्र, एजेन्सी । विश्वव्यापी प्रकोपका रूपमा देखिएको कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि भारत सरकारले शंकास्पद व्यक्तिहरुको नमुना सङ्कलन घरमै व्यवस्था छिट्टै हुने बताइएको छ ।
सरकारले कोरोना भाइरसको शङ्का लागि विरामीले माग गरेमा घरसम्म नै पुगी नमूना सङ्कलन गर्ने र परिक्षणका लागि दिल्लीमा एम्स, लखनऊमा केजीएम, जयुपुरमा एसएमएस, कोलकोत्तामा एनआईसीईडी, गुवाहाटीमा जीएमटी, नागपुरमा आइजीजीएमसी, मुम्बईमा कस्तुरबा मेडिकल कलेज, अहमदावादमा बीजे मेडिकल कलेज, बैंगलोरमा बीएमसीआरआई र चेन्नईमा केआईपीएमआर लगायतका अस्पतालहरुमा व्यवस्था मिलाएको छ ।
यसअघि भारतभर १३ वटा ल्याबमा मात्रै कोरोना भाइरसको परीक्षणको सुविधा रहेकोमा मंगलबारदेखि थप १८ ल्याबमा कोरोना भाइरसको परीक्षण गर्न सकिने व्यवस्था सरकारले मिलाएको छ । भारतमा अब ३१ वटा प्रयोगशालामा कोरोनाको परीक्षण गर्न सकिने छ ।
सरकारले निजी प्रयोगशालाका लागि परीक्षण शुल्कसमेत तोकेको छ । निजी प्रयोगशालामा ४ हजार ५ सय भारतीय रुपैयाँमा कारोनाको जाँच गर्न सकिने बताइएको छ । सरकारले निजी प्रयोगशालामा यदी कसैको रिपोर्ट ‘पोजेटिभ’ आएमा अन्तिम परीक्षणका लागि पुणे पठाउनु पर्ने जनाएको छ । त्यसपछि मात्रै कोरोनाको अन्तिम पुष्टि हुनेछ ।
भारतमा मङ्गलबार साँझ ८ बजेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५११ पुगेको र यसका कारण १० जनाको मृत्यु भएको तथ्याङ्क सङ्कलन वेबसाइट वल्डोमिटरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार