कोरोनाविरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २३:०:४७
१४ चैत्र, एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन् ।
चिनियाँ राष्ट्रपति सिले आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका थिए। सोही क्रममा राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सो प्रस्ताव राखेका हुन् ।
चिनियाँ सरकारी मिडियाले आज सो विषयमा जानकारी गराएका हुन् । चीन र अमेरिका पछिल्लो समयमा कोरोनाबाट बढी प्रभावित भएका छन् । तर चीनमा भने यो भाइरसको सङक्रमण नियन्त्रणमा आइसकेको बताइएको छ ।
चीनको उहानबाट निस्किएको यो भाइरसबाट हाल संसारका करिब पाँच लाख मानिस सङक्रमित भइसकेका छन् । साथै यसबाट २४ हजार भन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।
चिनियाँ राष्ट्रिय प्रसारण सिसिटिभीले जनाएअनुसार चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरससम्बन्धी सूचनाहरु आदानप्रदान गर्ने र आगामी दिनमा यसका विरुद्धमा मिलेर लड्ने प्रस्ताव गरेका थिए ।
यसैबीच आजमात्र प्राप्त समाचारमा चीनमा भन्दा बढी सङक्रमित व्यक्ति अमेरिकामा भेटिएका छन् । अमेरिकामा हाल ८५ हजारभन्दा बढी व्यक्ति भेटिएका छन् भने त्यहाँ एक हजार ३०० ज्यान गइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार