कोभिड–१९ को जानकारीसहित वेबसाइट र मोबाइल एप्स
नेपालबहस संवाददाता
चैत १६, २०७६ सोमबार १:८:५७
१६ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न वेबसाइट र मोबाइल एप्स शुरु गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वेबसाइट ‘कोभिड डट एमओएचपी डट जिओभी डट एनपी’ र हाम्रो स्वास्थ्य मोबाइल एप्स को शुभारम्भ गरे ।
मन्त्रालयले एप्ससँगै कोभिड–१९ को सूचना प्राप्त गर्न सहज होस् भनेर सबैको पहुँचका लागि भाइबर कम्यूनिटी पनि प्रयोगमा ल्याएको छ । मन्त्री ढकालले कोभिड–१९ विरुद्ध लड्न उपलब्ध स्वास्थ्य सेवाको अवस्था र विवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यवस्था मिलाइएको जानकारी दिए। उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथ काम गरिरहेकाले नआत्तिन पनि अनुरोध गरे । उनले नयाँ वेबसाइट, मोबाइल एप्स र भाइबर क्म्यूनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोधसमेत गरे ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को तत्काल जानकारीसहित सम्पूर्ण सूचना आमनागरिक माझ सहजरुपले पु¥याउने उद्देश्यले मन्त्रालयले प्रोगेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेभ एप्लिकेशन तयार पारेको हो । वेबसाइटमा हब अस्पताल, कोभिड–१९ लक्षित अस्पताल र क्वारेन्टाइनको अवस्थिति र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै ‘आइसोलेसन बेड’ को जानकारीसमेत सबैले जुनसुकै स्थानबाट हेर्न सक्नेछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न !
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार