राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार १९:५४:५८
१८ चैत्र, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्था रहेकोले उनीहरुलाई सुरक्षा खर्च पनि उपलब्ध गराउन नसकिने जानकारी आइतबार दिएका थिए । बेलायती राजकुमार ह्यारी दम्पत्ति अमेरिकाको क्यालिफोर्नियामा बस्न जान लागेको बेला अमेरिकी राष्ट्रपतिले सो धारणा राखेका थिए । । उनीहरु क्यानाडाबाट लस एन्जलसहुँदै त्यसतर्फ जान लागेका हुन् ।
राजकुमार दम्पत्ति क्यालिफोर्नियातर्फ लाग्ने क्रममा राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत सो कुराको जानकारी गराएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जानकारी दिएको छ । क्यानाडामा बस्दै आएको बेलायतका राजकुमार दम्पत्ति आफ्नो निजी विमानबाटै क्यानाडाबाट लस एन्जलस सिटी उड्नुभएको हो । क्यानाडा र अमेरिकाबीचको सीमा क्षेत्र बन्द गर्न लागेकोमा त्यसको केही दिन अघि उनीहरु उडेका थिए ।
कोरोना भाइरसका कारण क्यानाडा र अमेरिकाबीचको सो राज्यको सीमा क्षेत्र बन्द गर्न लागिएको यसअघि नै समाचारमा आएको थियो । ह्यारी दम्पत्ति केही महिनादेखि क्यानाडामा बस्दै आएका थिए । अहिले अमेरिकाको क्यालिफोर्निया पुगेको हो ।
उनीहरुले अबको केही समयपछि देखि नै बेलायतको राजपरिवारको सदस्य नरहने घोषणा गरिसकेका छन । एक स्वतन्त्र र सामान्य नागरिकका रुपमा बस्न लागेका बेला उनीहरुले आफ्नै विमानमा क्यालिफोर्निया जाने बताएपछि राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राखेका हुन्। राष्ट्रपति ट्रम्पले आइतबार ट्वीट गरी अमेरिका कोरोना भाइरसको प्रकोपमा रहेकोले बेलायतको राजदम्पत्तिलाई आफ्नो देशले सुरक्षाको प्रबन्ध गर्न नसक्ने बताएको अमेरिकी सञ्चारमाध्महरुले जनाएका छन् ।
साथै सो ट्वीटमा आफू बेलायतकी महारानी र संयुक्त अधिराज्यको महान साथी तथा प्रसंशक समेत रहेको पनि राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । उनीहरु अमेरिका आउनका लागि क्यानाडा छोडेको भन्ने मैले थाहा पाएको छु, म यो कुरा स्पष्ट गर्न चाहन्छु कि हामीले उनीहरुको सुरक्षा खर्चको व्यवस्थापन गर्न सक्नेछैनौँ– राष्ट्रपति ट्रम्पको ट्वीटमा भनिएको थियो ।
उनको यो अभिव्यक्तिपछि राजदम्पत्तिका प्रवक्ताले भने बेलायती राजदम्पत्तिले अमेरिकासँग सुरक्षा सहयोगको याचना नगरेको स्पष्ट पारेका थिए । उनले एक विज्ञप्ति प्रकाशन गरेर अमेरिकाको तर्फबाट राजदम्पत्तिले सहयोगको याचना नगरेको र आफैले सुरक्षा खर्चको व्यवस्थापन गर्ने तयारी पहिले नै गरिसकेको बताएका थिए ।
मेघन अमेरिकाको लस एन्जलस सहरमा हुर्किएकी हुन । अहिले पनि उनकी आमा सोही शहरमा बस्दै आएकी छिन । त्यसैले उनीहरु लस एन्जलस पुगेका हुन् । त्यहीँबाट उनीहरु सोमबार नै क्यानिफोर्निया लागेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार