भारतीय प्रधानमन्त्री मोदीद्वारा भिडियो मार्फत सर्वदलीय बैठक
नेपालबहस संवाददाता
चैत २६, २०७६ बिहिबार ५:१२:२८
२६ चैत्र, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग बुधबार छलफल गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको लडाइलाई प्रभावकारी सशक्त बनाउने उद्धेश्यले उनले सर्वदलीय बैठक गरेका अधिकारीहरुले जनाएका छन् ।
लोकसभा र राज्यसभामा पाँचभन्दा बढी सदस्य रहेका दलहरुसँग उनले छलफल गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दुरी कायम गर्नु पर्ने भएकाले बैठक भिडियोमार्फत गरिएको थियो ।प्रधानमन्त्री मोदीले यसअघि केहीदिन पहिलो मन्त्री परिषद्को बैठक पनि भिडियोमार्फत् नै गरेका छन् ।
मन्त्रीपरिषद् बैठकमा उनले ‘लकडाउन’पछिका लागि विषेश योजना बनाउन संघीय मन्त्रीहरुलाई निर्देशन दिए । उनले मुख्य दश निर्णयका लागि तयारी गर्न र प्राथमिकताका दश क्षेत्र किटान गर्न मन्त्रीहरुलाई सोमबार निर्देशन दिए । कोरोना भाइरसको सङ्क्रमणका कारण देशका धेरै क्षेत्रमा दिर्घकालिन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विषेश योजना, कार्यक्रम र रणनीतिहरु बनाउनु पर्नेमा प्रधानमन्त्री मोदीको जोड थियो ।
आन्तरिक उत्पादनलाई जोड दिदै निर्यात गर्न सकिने नयाँ क्षेत्र र देशहरुको पहिचान गर्न र कार्यान्वयन गर्न सकिने योजनाहरु ल्याउन उनले आह्वान गरे । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिदै गएपछि गत मार्च २४ तारिखदेखि लागु हुनेगरी यही अप्रिल १४ तारिखसम्मका लागि २१ दिने देशव्यापी लकडाउन लगाइएको छ ।
बुधबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाईका लागि सरकारले गरिरहेका कामका बारेमा जानकारी दिए । उनले कोरोना भाइरस विरुद्धको लडाई सरकारको मात्रै लडाई नभएकाले साथ दिन सवै दलहरुलाई आह्वान गरेका ।
अहिलेको विषम परिस्थितिमा सवै राजनीतिक दलहरुले संयुक्त बल लगाएर मात्रै कोरोना भाइरस विरुद्धको लडाइलाई सफलता हासिल गर्न सकिने उनको भनाई थियो । बैठकमा सवै दलहरुले हातेमालो गरेर राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार