विश्वभर भाइरसबाट ८८ हजारकाे मृत्यु, १५ लाखभन्दा धेरै सङ्क्रमित
नेपालबहस संवाददाता
चैत २७, २०७६ बिहिबार १४:१०:४३
२७ चैत्र, एजेन्सी । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । पछिल्लो तथ्याङ अनुसार कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ९५ पुगेको हो। यो समाचार तयार पार्दासम्म विश्वभर १५ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।
कोरोनाले पछिल्लो समय सबैभन्दा धेरै अमेरिकामा १४ हजारको ज्यान गएको छ । त्यहाँ बुधबार मात्रै १४ सय जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म १४ हजार ७ सय ७८ जनाको ज्यान गएको छ । यस्तै स्पेनमा पनि १४ हजार ७ सय ९२ को ज्यान गएको छ । अमेरिकामा ४ लाख ३४ हजार र स्पेनमा १ लाख ४८ हजार संक्रमित छन ।
इटालीमा अहिलेसम्मकै धेरै १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । त्यहाँ १ लाख ३९ हजार संक्रमित छन । यस्तै फ्रान्समा १० हजार ८ सय ६९ र बेलायतमा ७ हजार ७९ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
अहिलेसम्म संसारभर कोरोनाबाट संक्रमित हुनेको विश्वभर १५ लाख १५ हजार ५ सय १८ पुगेको छ । यो समाचार तयार पार्दासम्म ३ लाख ३० हजार ५ सय ८९ जना उपचार पछि निको भएर घर फर्केका छन् संक्रमित छन । चीनको वुहान राज्यबाट फैलिएको महामारी कोरोनाबाट नेपालमा ९ जना संक्रमित छन ।
पछिल्लो समय २३ सय जनामा परीक्षण गर्दा ९ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतमा पनि कोरोना सङ्क्रमणका कारण १ सय ५० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै झण्डै ६ हजार मानिसमा कोरोना सङ्क्रमण भएको जनाएको छ ।
यसैबीच भारतमा दिल्ली सरकारले घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क ‘मुखावरण’ लगाउनुपर्ने आदेश दिएको छ । यस्तै दिल्ली र उत्तर प्रदेश सरकारले कोरोनाको बढी सङ्क्रमण देखिएको क्षेत्र बन्द गर्ने घोषणा गरेको छ ।
आगराको २२, गाजियावादको १३, नोएडा र कानपुरको १२ तथा वाराणसीको चार क्षेत्रलाई बन्द गर्ने सूचीमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार