कोरोनाबाट ९५ हजारभन्दा धेरैको मृत्यु, १६ लाख सङ्क्रमित
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार १४:९:५२
२८ चैत्र, एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।विश्वका दुई सय ९ देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा कोरोना फैलिँदा १६ लाख ३ हजार ७ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
जसमध्ये यो समाचार तयार पर्दासम्म तीन लाख ५६ हजार ६ सय ५५ जना उपचारपछि निको भएका छन् । त्यस्तै सङ्क्रमित मध्ये ११ लाखभन्दा धेरैको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा गएको २४ घण्टामा १७ सयभन्दा धेरैको ज्यान गएसँगै अहिलेसम्म साढे १६ हजारभन्दा धेरैको ज्यान गएको छ ।
अमेरिकापछि स्पेनमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा कोरोना सङ्क्रमणका कारण १२ हजारभन्दा धेरैको ज्यान गएको छ । यसैगरी गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण थप ४८ जनाको ज्यान गएसँगै भारतमा दुई सयभन्दा धेरैको ज्यान गएको छ ।
ताजा अपडेटका लागी यहाँ क्लिक गर्नुहोला
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार