कोरोनाले एक करोडकाे रोजगारी गुम्ने खतरा
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार १८:४७:२१
२८ चैत्र, एजेन्सी । कोरोना भाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोना भाइरसका कारण अमेरिकासहित विश्वका धेरै देश बन्दाबन्दी ‘लकडाउन’ को अवस्थामा छन् ।
अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ । यसअघि नै १ करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन् । यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो । जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने खतरा देखिएको छ । अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्नेछ, र यो अवस्था विश्वव्यापी मन्दी ‘ग्रेट डिप्रेसन’ को अवस्थापछि पहिलो पटक देखिएको हो ।
मिजौरीको कन्सास शहरकी ५७ वर्षीय शारोन ब्रिजम्यानले दुई साता अघि रोजगारी गुमाए । उनी घरबारविहीन मानिसका लागि सेवा उपलब्ध गराउने एउटा गैरसरकारी संस्थामा कार्यरत थिए। उनी सरकारले उपलब्ध गराएको बेरोजगारी प्रोत्साहन भत्ताको पर्खाईमा छन् । “फेरि काम नपाइने हो कि भन्ने मलाई ठूलै चिन्ता लागेको छ,” उनले भने । “मैले काम गर्ने मानिसहरुको अवस्था अझ कस्तो होला रु”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपछि तर्थतन्त्रमा तुरुन्तै सुधार भइहाल्ने अवस्था छैन भनेर अडकलबाजी गर्नेहरुप्रति तिखो टिप्पणी गर्दै अमेरिकी अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने विश्वास व्यक्त गर्नु भएको छ । “मेरो विचारमा अर्थतन्त्र राम्रैसँग पुनर्जीवित हुनेछ ।”
राष्ट्रपति ट्रम्पले बिमान सेवालाई कसरी मद्दत गर्न सकिएला भनेर आफूले अर्थमन्त्री र यातायात मन्त्रीसँग विचारविमर्श गरेको बताउँदै यस क्षेत्रमा सुधार ल्याउन सप्ताहान्तमा एउटा प्रस्ताव अघि बढाउन लागेको जानकारी दिए । अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार