ताजा अपडेट : कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक !
नेपालबहस संवाददाता
चैत २८, २०७६ शनिबार ०:१८:४४
२८ चैत्र, काठमाडौ । विश्वव्यापी महामारीकाे रूप लिएकाे कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक पुगेको छ । भाइरसबाट अहिलेसम्म १६ लाख २१ हजार ३ सय ४८ जना संक्रमित भएका छन । शुक्रबार बेलुकीसम्ममा ९७ हजार १ सय ८० जनाको ज्यान गएको समाचार एजेन्सीहरुले बताएका छन ।
अहिलेसम्म सबैभन्दा धेरै इटालीमा १८ हजार, अमेरिकामा १६ हजार र स्पेनमा १५ हजार मानिसले ज्यान गुमाएका छन । यस्तै फ्रान्समा १२ हजार, बेलायतमा झण्डै ८ हजार, इरानमा ४ हजार बढी र चीनमा ३३ सय जनाको मृत्यु भएको छ ।
यस्तै बेल्जियममा ३ हजार, जर्मनीमा २६ सय र नेदरल्याण्ड्समा २३ सय जनाको मृत्यु भएको छ । टर्की, स्वीट्जरल्याण्ड र ब्राजिलमा झण्डै एक एक हजार जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै अमेरिकामा ४ लाख ६८ हजार संक्रमित छन । यस्तै स्पेनमा १ लाख ५७ हजार, इटालीमा १ लाख ४३ हजार, जर्मनीमा १ लाख १८ हजार र फ्रान्समा १ लाख १७ हजार जना संक्रमित छन ।
यस्तै चीनमा ८१ हजार, इरानमा ६८ हजार, बेलायतमा ६५ हजार मानिस संक्रमित छन । यस्तै टर्कीमा ४२ हजार, बेल्जियममा २६ हजार, स्वीट्जरल्याण्डमा २४ हजार, नेदरल्याण्ड्समा २१ हजार, क्यानडामा २० हजार, ब्रालिजमा १८ हजार र पोर्चुगलमा १५ हजार मानिस संक्रमित छन ।
दक्षिण एसियामा भारतमा सबैभन्दा धेरै २ सय २९ जनाको ज्यान गएको छ । ६ हजार ७ सय २५ जना संक्रमित छन । यस्तै पाकिस्तानमा ६६ जनाको मृत्यु हुँदा ४ हजार ६ सय संक्रमित छन ।
नेपालमा अहिलेसम्म ९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । ९ जनामध्ये ८ जनाको उपचार चलिरहेको छ भने एक जना उपचारपछि घर फर्किसकेका छन ।
काेराेना भाइरसकाे ताजा अपडेटका लागी यहाँ क्लिक गर्नुहोला
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार